न्युयोर्क सिटीको म्यानहटनमा ५२ वर्षीया महिलाको शव झोलामा फेला


प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार

NYPD white and blue NYPD SUV

न्युयोर्कको म्यानहटनमा बिहीबार एक अपार्टमेन्ट भित्र एक महिलाको शव झोलामा फेला परेपछि अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन् । यो भयानक घटना २०६ ईष्ट ३१ स्ट्रीटमा पत्ता लागेको हो ।

परिवारका सदस्यहरू महिलाकोबारेमा चिन्तित भएपनि अपार्टमेन्टमा पहुँच कायम गर्न सकेका थिएनन् । तर प्रहरी अधिकारीहरु घटनास्थलमा आउनु अघि अपार्टमेन्ट भवनका सुपरिटेन्डेन्टले परिवारलाई भित्र जान दिएका थिए । जहाँ उनीहरूले महिलाको शव झोलामा भेट्टाएका थिए ।

white and blue ford f 150

पीडितको पहिचान ५२ वर्षीया नादिया भिटेलको रूपमा भएको छ । मुख्य चिकित्सा परीक्षकको कार्यालयले मृत्युको कारण निर्धारण गर्नेछ। घटनाबारे अनुसन्धान जारी छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com