न्युयोर्कको क्वीन्स ईस्ट एल्महर्स्टमा ट्रकको ठक्करबाट ८ बर्षका बालकको मृत्यु, १० बर्षका बालक घाइते


प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार

न्युयोर्कको क्वीन्स ईस्ट एल्महर्स्टमा ट्रकको ठक्करबाट ८ बर्षका बालकको मृत्यु भएको छ । बुधवार क्वीन्सको क्रसवाकमा आमा र भाइसँग हिंड्दै गर्दा उनलाई पिकअप ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटना ३१ एभिन्यु र १०० स्ट्रीटको इन्टरसेक्सनमा दिउसो सबा ४ बजे भएको प्रहरीले जनाएको छ । घटनामा अर्का १० बर्षका बालक पनि घाइते भएका छन् । अर्का बालक मृतकबालकका दाजु भएको र उनीहरु दुबैजना आमासँगै बाटो पार गर्न लागेका थिए ।

पिकअप ट्रक ३१ औं एभिन्यूबाट बायाँ मोडेर १०० औं सडकमा जाँदै थियो । चालकले झुकेर पैदलयात्री हेर्न असफल भएपछि दुई बालकलाई ठक्कर दिएको थियो । ८ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । १० वर्षीय बालकको नाडीमा चोट लागेको छ । प्रहरीका अनुसार दुई बालककी ३७ वर्षीया आमालाई कुनै चोटपटक लागेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पिकअप ट्रकका ५२ वर्षीय चालक दुर्घटना पछि घटनास्थलमा नै बसेका थिए र प्रहरीलाई खबर गर्ने पहिलो व्यक्ति थिए । चालकलाई हिरासतमा लिइएको र अभियोग लगाइने जनाइएको छ ।

२००९ निसान टाइटन पिकअप ट्रक रातो बत्तीमा रोकिएको थियो। त्यसपछि हरियो बत्ति बल्ने बित्तिकै ट्रकले बाया मोड लिएको थियो । त्यही क्रममा परिवारलाई ठक्कर दिएको हो ।

यो घटना अत्यन्तै दुखद भएको र गाडी मोड्दा विशेष गरी बायाँ मोडदा चालकले सधैं सवारी साधन र पैदल यात्रीहरू भए नभएको झुकेर हेर्नुपर्ने प्रहरीको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com