अस्ताइन् ४० बर्ष नेपालका बालबालिकाका लागि समर्पित अमेरिकन हजुरआमा ओल्गा मुरे


प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार

नेपालका बालबालिकाको जीवन परिवर्तन गर्ने ओल्गा मुरेको ९८ बर्षको फेब्रुअरी २० मा अमेरिकाको क्यालिफोर्नियामा निधन भएपनि त्यसको एकसातापछिमात्र उनको निधनबारे सार्वजनिक गरियो । उनको फाउन्डेसनले हजारौं बालिका र युवतीहरूलाई बन्धकबाट उद्धार गर्नुका साथै गरीब बालबालिकाहरूको लागि खाना र विद्यालय शिक्षा सुरक्षित गरेको थियो ।

सन् १९८४ मा भारतको छ हप्ताको यात्रा पछि ओल्गा मुरे दुर्गम हिमाली गाउँहरू हुँदै पैदल यात्रा गर्न नेपाल गएकी थिइन् । त्यहाँ उनले पोखरादेखि सिकलेससम्मको दुर्गम पहाडी पदयात्राको क्रममा उनले भेटेका बच्चाहरूले उनलाई मोहित बनाए र उनले बच्चाहरुको जीवन परिवर्तनका लागि काम गरिन्।

आफू रिटायर्ड हुनुभन्दा ठीक अगाडि उनले ५९ बर्षको उमेरमा जीवनको उद्देश्य नेपालमा फेला पारेकी थिइन् । आफ्नो कानूनी सेवाको अन्त्यतिर उनी पहिले कहिलेपनि नगएका स्थानमा विदा मनाउने क्रममा थिइन् । यसै क्रममा उनी नेपाल गएकी थिइन् ।

मुरेले एउटा अन्तरवार्तामा भनेकी थिइन् -‘जब म नेपालमा अवतरण गरें । तब म यो देशसँग प्रेममा परें । बालबालिकाहरु उनीहरुले मेरो हात समाते । उनीहरु हाँसे । उनी निकै रमाइला थिए । र उनीहरु स्कुल जान चाहन्थे । तर उनीहरु स्कुल जान पाएका थिएनन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनलाई नेपाल आउनासाथ अचानक ठूलो कुरा महसुस भएजस्तो भयो । उनले आफूले आफैलाई सोधिन् – ‘ओल्गा, तिमी आफ्नो बचेको जीवनका लागि के गर्दैछौ ?’ अनि आफै जवाफ दिइन् – ‘तिमी बालबालिकाहरुलाई शिक्षित बनाउँदैछौ ।’

त्यसपछि उनले सन् १९९० मा गरिबीबिरुद्ध लड्ने, विद्यालयहरुबब्नाउने र दासत्वमा रहेका कमलरी बालिकाहरुलाई उद्दार गर्ने गैर नाफामुलक संस्थाको स्थापना गरिन् । उक्त गैरनाफामुलक संस्था नेपाल युथ फाउण्डेशनले अहिलेसम्म झण्डै १ सय पोषणकेन्द्रहरु बनाएको छ भने ५० हजारभन्दा धेरैलाई शिक्षित बनाउन सहयोग गरेको छ ।

कहिलेपनि नरोकिने तथा आफूले सकुन्जेल र स्वस्थ्य रहुन्जेल आफ्नो सेवा निरन्तर राख्ने बताएकी मुरेले सन् १९४९ मा कोलम्बिया विश्वविद्यालयबाट कानूनमा स्नातक गरेकी अमेरिकी वकिल हुन् । उनको जन्म हंगेरीमा भएको थियो । उनी ६ बर्षको उमेरमा सन् १९३१ मा परिवारसाथ अमेरिका आएकी थिइन् । छोराछोरीलाई राम्रो शिक्षा दिलाउन उनका बाबुले अमेरिका बसाईं सारेका थिए।

सन् १९८४ मा पहिलोपटक नेपाल गएकी ओल्गा त्यसपछि दर्जनौंपटक नेपाल गइसकेकी छिन्। पूर्वदेखि पश्चिमसम्मका पहाडी पाखाहरू चहारेकी छन्। पश्चिम नेपालको दाङलगायत ठाउँमा पुग्दा कमलरी बसेका छोरीहरू देख्दा उनीहरूलाई मद्दत गर्ने योजना बनाएकी थिइन् उनले ।

सुरुमा उनले १२ हजार ८ सयलाई सुँगुर वा बाख्राको पाठो बाँडेकी थिइन् । उनीहरुलाई आत्मनिर्भर बनाउने प्रयास थियो ओल्गाको । ललितपुरको चुनिखेलमा उनले ओल्गापुरी बनाएकी छन्, जहाँ दर्जनौं बालबालिका बसेर पढिरहेका छन्। उनी हरेकबर्षजसो अमेरिकाबाट नेपाल जान्थिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com