अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्ने बिल प्रतिनिधिसभाबाट दुई तिहाई बहुमतले पारित


प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार

white concrete building under clear blue sky

तस्बिर: अलेजान्ड्रो बार्बा

अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्ने बिल प्रतिनिधिसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ । बिलका पक्षमा ३५२ मत खसेको छ भने विपक्षमा ६५ मत खसेको छ । ह्वाइट हाउसको समर्थन प्राप्त भइसकेको यो बिल प्रतिनिधिसभाबाट पारित भइसकेकाले अब सिनेटमा लगिनेछ ।

बिल दुबै सदनबाट पारित भएमा अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्छ । टिकटकले चिनियाँ सरकारको जासुसी जोखिम निम्त्याउन सक्ने डरका कारण उर्जा र ब्यापारबारेको समितिले यो बिल अगाडि बढाएको हो ।

बिलमा चीनको बाइटडान्सलाई भिडियो एप टिकटकबाट अलग हुन वा अमेरिकी प्रतिबन्धको सामना गर्न झण्डै साढे ५ महिना दिने प्रावधान रहेको छ । टिकटकका लगभग १७० मिलियन अमेरिकी प्रयोगकर्ताहरू छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिपब्लिकन सांसद माइक गालाघर र डेमोक्रेटिक सांसद राजा कृष्णमूर्तिले एपको चिनियाँ स्वामित्वले उत्पन्न गरेको राष्ट्रिय सुरक्षा चिन्तालाई सम्बोधन गर्न बिल पेश गरेका थिए । माइक गालाघरले यो टिकटकमाथिको प्रतिबन्ध नभई ट्युमर हटाउन र यस प्रक्रियामा बिरामीलाई बचाउनको लागि डिजाइन गरिएको शल्यक्रिया भएको बताएका छन् । बिलले बाइटडान्सलाई टिकटक छाड्न १६५ दिन समय दिनेछ । यदि त्यसो नभएमा अमेरिकामा टिकटकमा प्रतिबन्ध लाग्नेछ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरले भने संसदमा ल्याइएको बिलको प्रशंसा गरेकी छिन् । उनले यो बिल राष्ट्रपतिको डेस्कमा पुगेको देख्न चाहेको बताएकी छिन् भने बाइडेनले आफूले यसमा हस्ताक्षर गर्ने बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com