इन्डोनेशियामा १५३ यात्रु बोकेको विमानका दुबै पाइलट निदाएपछि जागिरबाटै निलम्बन


प्रकाशित मिति : फाल्गुन २८, २०८० सोमबार

१५० भन्दा धेरै यात्रु बोकेको इन्डोनेसियाली एयरलाइन्सको विमान उडिरहेको बेलामा दुबैजना पाइलटहरु निदाएपछि ती दुबै पाइलटलाई निलम्बन गरिएको छ । उक्त बिमानका दुई पाइलट निदाएपछि बिमान आफ्नो बाटोबाट बाहिर गएको थियो ।

यो घटना जनवरी २५ मा केन्डारीको हलु ओलियो एरपोर्ट र जकार्ताको सोएकर्नो हटृा अन्तर्राष्ट्रिय विमानस्थलको बाटिक एयर इन्डोनेसियाको उडानमा भएको थियो । घटनाबारे यातायात मन्त्रालयले छानविन सुरु गरेको छ ।

जकार्ताबाट केन्डारी उडानको क्रममा अहिलेसम्म कुल १६ सय घण्टामात्र उडान गरेका २८ बर्षका पाइलटले आफूले उचित आराम नगरेको अर्का मुख्य पाइलटलाई बताएका थिए ।

त्यसपछि लगभग अहिलेसम्म कुल ६३०० घण्टा उडान गरेका ३२ वर्षीय मुख्य पाइलटले दोश्रो पाइलटलाई यात्राको क्रममा लगभग आधा घण्टा आराम गर्ने अनुमति दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि उनी ब्यूझेपछि मुख्य पाइलटलाई आराम गर्ने अनुमति दिएका थिए । मुख्य पाइलट निदाएको लगभग २० मिनेट पछि दोश्रो पाइलट पनि अचानक निदाएका थिए । त्यतीबेला विमान लगभग ३६०० फिटको उचाइमा थियो भने विमानमा १५३ यात्रुहरु र चालकदलका ४ सदस्यहरु थिए ।

एयर ट्राफिक कन्ट्रोलरले निदाइरहेका पाइलटहरुसँग सम्पर्क गर्ने प्रयास गरिरहदा असफल भएका थिए । अन्तिम पटक सम्पर्क भएको २८ मिनेट पछि मुख्य पाइलट ब्युँझिएका थिए भने उनी तुरुन्तै विमान सही उडान मार्गमा नरहेकोबारे सचेत भएका थिए ।
मुख्य पाइलटले त्यसपछि दोश्रो पाइलट सुतेको देखेपछि जगाएका थिए ।

त्यसपछि मुख्य पाइलटले जाकार्ता एयर कन्ट्रोलको कलको जवाफ दिएका थिए । पाइलटले रेडियो कम्युनिकेसनको समस्या भएको र हाल समस्या समाधान भएको ताएका थिए । त्यसपछि उडान जारी राखिएको थियो र जकार्तामा अवतरण गरिएको थियो ।

घटनामा कोहीपनि घाइते नभएको र विमानमा कुनै क्षत्ति नभएको जनाइएको छ । मुख्य पाइलटका लागि उडान अगाडि ३५ घण्टा र दोश्रो पाइलटका लागि ५३ घण्टा आरामका लागि समय दिइएको थियो । दोश्रो पाइलट दुई महिनाका जुम्ल्याहाका पिता रहेको र दुईदिन अगाडि घर सरेको जनाइएको छ । बच्चाको हेरचाह गर्ने क्रममा राम्रोसँग सुत्न नसकेकाले उडानमा थाकेको उनले अनुसन्धानकर्ताहरुलाई बयान दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com