ट्रम्पले पर्खालको उचाई बढाएपछि सीमानामा मृत्यु हुनेको संख्यामा ३२ सय प्रतिशत बृद्धि


प्रकाशित मिति : फाल्गुन २६, २०८० शनिबार

डोनाल्ड ट्रम्पले सिमा क्षेत्रमा पर्खालको उचाई बढाएपछि अमेरिका मेक्सिको सीमानामा विना भिसा प्रवेश गर्न खोज्दा डुबेर मृत्यु हुने आप्रवासीहरुको संख्यामा उलेख्य वृद्धि भएको छ ।

सन् २०२० देखि २०२३ सम डुबेर मृत्यु हुनेको संख्या सन् २०१६ देखि २०१९ को तुलनामा ३२ सय प्रतिशत बढेको हो । ट्रम्प प्रशासनले क्यालिफोर्नियाको सानडिएगो क्षेत्रमा पर्खालको उचाई बढाएपछि अमेरिका छिर्न खोज्दा डुबेर ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।

(एपी फोटो/क्रिश्चियन चाभेज)

सन् २०१९ सम ट्रम्प प्रशासनले सानडियागो क्षेत्रमा पर्खालको उचाई १७ फिटबाट बढाएर ३० फिट बनाएको थियो । गत वर्ष डाक्टरहरुले सानडियागो क्षेत्रमा पर्खाल नाघेर अमेरिका छिर्न खोज्दा गम्भिर घाइते भएका ४०० जना भन्दा बढिको उपचार गरेका थिए । यो संख्या सन् २०२२ को तुलनामा बढि हो ।

पर्खालको उचाई बढाएपछि सानडियागो क्षेत्रमा समुन्द्रको पानीको बाटो हुदै आप्रवासीहरु अमेरीका छिर्न प्रोत्साहित हुने गरेका छन् । जस्का कारण मृत्यु हुनेको संख्या उल्लेख्य बढेको हो । इम्पेरियल बिचमा सबै भन्दा धेरैको मृत्यु भएको छ भने क्यानलहरुमा डुबेर मृत्यु हुनेको संख्या ३० प्रतिशतले बढेको छ ।

पानीका अन्य भागमा डुबेर मृत्यु हुनेको संख्या १३३ प्रतिशत बढेको छ । उता टेक्सास क्षेत्रको रियो ग्रान्दे नदि तर्न खोज्दा डुबेर मृत्यु हुने आप्रवासीहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com