न्युयोर्क सिटी अपार्टमेन्टमा टाउको विनाको शरीर फेला परेपछि न्यायसुधारक अधिकारकर्मी पक्राउ


प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार

लामो समय जेलमा विताइसकेपछि आपराधिक न्याय प्रणालीमा सुधारको वकालत गर्दै जीवनको नयाँ अध्याय सुरु गरेका हाइ प्रोफाइल अधिकारकर्मी हत्या अभियोगमा पक्राउ परेका छन् । न्युयोर्क सिटीको अपार्टमेन्टमा टाउको विनाको जीउ फेला फेला परेपछि ४८ बर्षका सेल्डन जोनसन क्रुर हत्या अभियोगमा पक्राउ परेका हुन् ।

उनी गत वर्ष मात्र जेलबाट रिहा भएका थिए । हालै उनी एक उच्च प्रोफाइल पोडकास्टमा अतिथि समेत थिए । पक्राउ पछि उनलाई दोश्रो डिग्री हत्याको अभियोग लगाइएको स्थानीय जेल रेकर्डले देखाएको छ । उनीविरुद्ध हत्या, नरसंहार, हतियारको आपराधिक कब्जा र मानव शव लुकाएको लगायतका अभियोगहरु लगाइएको छ ।

उनलाई अदालतमा सुनुवाईको लागि पेश गरिएकोमा उनले अपराध स्वीकार नगरेको जनाइएको छ । उनलाई सोमबार पुन अदालतमा पेश गरिने छ । हिंशात्मक लुटपाटमा संलग्न अपराधमा उनले २ दशकभन्दा बढी जेलमा विताएपछि गत मेमा रिहा भएका थिए । त्यसपछि उनले वकिल लिन नसक्ने अपराधको आरोप लागेका युवालाई कानुनी प्रतिनिधित्व प्रदान गर्ने संस्थामा काम गर्दै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४४ वर्षीय कोलिन स्मलको हत्या अभियोगमा उनलाई पक्राउ गरिएको हो । कोलिन स्मलको जोनसनसँगको सम्बन्ध भने खुलाएको छैन । मंगलबार ब्रोंक्सको अपार्टमेन्टमा गोली चलेको सुनेपछि छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए । छिमेकीहरुले चार राउण्ड गोली चलेको सुनेको बताएका थिए ।

प्रहरीहरुले घटनास्थलमा पुग्दा अज्ञात व्यक्तिको टाउको नभएको जिउ फेला पारेका थिए । अधिकारीहरु स्मलको अपार्टमेन्टमा पुग्दा जोनसन त्यही थिए । पछि जोनसनको हार्लमको अपार्टमेन्टमा खोजी गर्दा पाखुरा, खुट्टा र टाउको फ्रिजमा राखिएको अवस्थामा फेला पारिएको थियो ।

जोनसनले जेलबाट छुटेपछि अपराधको आरोप लागेका व्यक्तिलाई जेलमा होइन पुनर्वासमा राख्नुपर्ने पक्षमा वकालत गर्दै आएका थिए । गत महिना एउटा पडकाष्टमा उनले आफू कसरी जेलमा गए र त्यसपछि उनको जीवन कसरी परिवर्तन भयो भन्नेबारे अन्तरवार्ता दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com