क्यानडामा ६ जना श्रीलंकनको हत्या, अभियोगमा १९ बर्षका श्रीलंकन विद्यार्थी पक्राउ


प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार

क्यानडाको ओटावामा ४ बालबालिकसहित ६ जना श्रीलंकन व्यक्तिको हत्या अभियोगमा १९ वर्षीय श्रीलंकन टिनएजरलाई प्रहरीले पक्राउ गरेको छ । ओटावा प्रहरीले बिहिबार जारी गरेको विज्ञप्ति अनुशार १९ वर्षीय फेब्रियो डेजोयसालाई फर्स्ट डिग्री हत्याका ६ अभियोग र हत्या प्रयासमा एक अभियोग लगाइएको छ ।

मृत्यु हुनेमा एकै परिवारका ५ जना रहेका छन् । मृतक ४ जना बालबालिकाहरु २ महिनादेखि ७ बर्षसम्मका रहेको जनाइएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीय दर्शनी बनबरानायगे गामा वल्ववे दर्शनी दिलन्थिका एकन्याके र उनका चारजना बच्चाहरु रहेका हुन्  । उनका श्रीमान् पनि घाइते भएका छन् भने उनको हाल अस्पतालमा उपचार भइरहेको छ । अर्का एक व्यक्ति ४० वर्षीय अमरकुनमुबियान्सेल गे गामिनी अमरकुनको पनि हत्या भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ओटावामा रहेको श्रीलंकन दूतावासले मृतक सबैजना श्रीलंकन नागरिक रहेको पुष्टी गरेको हो । प्रहरीले घटनालाई सामुहिक गोलीकाण्ड नभई सामुहिक हत्या भएको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभियुक्त १९ वर्षीय फेब्रियो डेजोयसा

अभियुक्त अध्ययनका लागि क्यानडा आएका श्रीलंकाली नागरिक रहेको जनाइएको छ । ओटावाका प्रहरी प्रमुख एरिक स्टब्सका अनुशार अनुसन्धानकर्ताहरुले हत्यामा प्रयोग गरीएको धारिलो हतियार फेला पारेका छन् ।

कभर तस्वीरमा हत्या गरिएका ५ जना र घाइते श्रीमान् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com