न्युयोर्क सिटीको स्कुलमा ८ वर्षीय बालकको झोलामा बन्दुक, बालक हिराशतमा


प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार

बिहीबार न्युयोर्क सिटीको ब्रुकलिन पब्लिक स्कूलमा ८ वर्षीय बालकको झोलाबाट बन्दुक बरामद भएको अधिकारीहरुले बताएका छन् । बालक एशफोर्ड स्ट्रिटमा रहेको वारविक कम्युनिटी स्कूल पि.एस.१५८ का विद्यार्थी हुन् ।

ती बालकको एक दिन अघि अर्को बच्चासँग झगडा भएको जनाइएको छ । तर झगडा स्कुल परिसरमा मा नै भएको थियो वा बाहिर भन्ने स्पष्ट भएको छैन ।

अधिकारीहरुले बन्दुक लोड नभएको स्पष्ट गरेका छन् । कसैलाई पनि कुनै चोटपटक लागेको छैन । बिहीबार बन्दुक फेला परेपछि बालकलाई प्रहरीले हिरासतमा लिएको थियो । हतियार वा बालकका आमाबुबाको बारेमा कुनै थप विवरण दिइएको छैन ।

शिक्षा विभागले घटनाको निन्दा गर्दै बालकको हातमा बन्दुक पुग्न नहुने बताएको छ । खतरनाक हतियारमा बच्चाको पहुँच हुनु चिन्ताजनक रहेको शिक्षा विभागले बताएको छ । बालबालिकाहरुलाई प्रत्येक दिन सुरक्षित राख्न स्कूल समुदायहरुको साझेदारीको लागि शिक्षा विभागले कृतज्ञता व्यक्त गरेको छ ।

घटनापछि सबै सुरक्षा प्रकृयाहरु अपनाइएको थियो । सबै विद्यार्थी र कर्मचारीहरु सुरक्षित रहेको जनाइएको छ । बिहीबार विद्यालयले घटनाबारे जानकारी गराएको थियो । पछि घटनाबारे घरपरिवारमा पत्र पठाइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com