मधेसी एसोसिएसन इन अमेरिकाले बाँड्यो सातौंपटक हातहातमा राहत


प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

मधेसी एसोसिएसन इन अमेरिकाले नेपालमा बाढीपीडितका लागि संकलन गरेको रकमबाट सातौंपटक राहतसामाग्री सिधा पीडितकै हातहातमा पुर्याएको छ । स्थानीय सुरक्षा अधिकारीको सहयोगमा मधेसी एसोसिएसन इन अमेरिकाले पीडितलाई सातौं चरणमा राहत सामाग्री सिधै पीडितलाई दिएको हो । यसरी दाताहरुबाट प्राप्त रकमबाट राहत सामाग्री सिधा पीडितको हातमा पुर्याएकोमा मधेसी एसोसिएसन इन अमेरिकाको चौतर्फी प्रशंसा भइरहेको छ ।

तेश्रो चरणमा त्रिहुट गाउँपालिकाका १२० परिवारलाई, चौथो चरणमा रौतहटको बरहदवाका पीडित परिवारलाई राहत सामाग्री वितरण गरिएको थियो । यसैगरी पाँचौं र छैठौं चरणमा रौतहटको मुदाल्वा लगायतका क्षेत्रमा राहत वितरण गरेको मधेसी एसोसिएसन इन अमेरिकाले सातौंपटक रौतहटको हाजमिनिया पटाही टोलमा राहत वितरण गरेको हो ।

मधेसी एसोसिएसन इन अमेरिकाले गोफण्डमीमार्फत मात्रै झण्डै ६ हजार अमेरिकी डलर संकलन गरिसकेको छ भने रिजउड नेपाली समाजले २ हजार १ डलरको चेक हस्तान्तरण गरेको थियो । जसमध्ये समाजले १५७२ डलर विभिन्न व्यक्तिबाट संकलन गरेको थियो भने ४२९ डलर समाजको कोषबाट प्रदान गरिएको थियो । त्यस्तै सतेन्द्र शाहले संचालन गरेको गोफण्डमी अभियानबाट संकलन भएको १९१२ डलर पनि मधेसी एसोसिएसन इन अमेरिकालाई प्रदान गरिसकिएको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com