वाफ महिला च्याम्पियनसिप : उपाधीको लागि जोर्डन र नेपालबीचको खेल सुरु


प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार

वाफ महिला च्याम्पियनसिप अन्तर्गत जोर्डन र नेपालबीचको खेल सुरु भएको छ । जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल खेल सुरु भएको हो ।

उपाधि भिडन्तको खेलको सुरुवाती ११ मा नेपालले तीन परिवर्तन गरेको छ । सावित्रा भन्डारी, अनिता बस्नेत र अनिता केसीको स्थानमा दीपा शाही, रश्मीकुमारी घिसिङ र सबिता मगरलाई समावेश गरिएको छ ।

नेपाली टोलीमा एन्जिला तुम्बापो सुब्बा (कप्तान तथा गोलकिपर), पूजा राना, गिता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, दीपा शाही, प्रिती राई, सविता राना मगर, अमिषा कार्की, रेखा पौडेल र रश्मी कुमारी घिसिङ रहेका छन् ।

नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । साविक विजेता समेत रहेको जोर्डन वाफको ५ पटकको च्याम्पियन हो । नेपालले पहिलो पटक यो प्रतियोगिता खेल्ने मौका पाएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com