लण्डनः बकिङघम दरबार नजिकै चक्कु प्रहार


प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

ब्रिटेनको लण्डनस्थित बकिङघम राजदरबार नजिकै एकजनाले चक्कु प्रहार गर्दा दुईजना प्रहरी घाइते भएका छन्।

ठूलो आकारको एउटा चक्कु कारमा राखेका ती युवकले प्रहरीका सवारीसाधन नजिकै आफ्नो कार रोकेपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेका थिए।

पक्राउ गर्ने क्रममा उनले चक्कु प्रहार गर्दा दुईजना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले बताएका छन्।

चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको र उपचारका लागि उनलाई अस्पताल पुर्‍याइएको छ।

सोधपुछ

अधिकारीहरुका अनुसार आक्रमण गर्न खोजेको आशंकामा उनलाई पक्राउ गरिएको र थप सोधपुछ गरिनेछ।

उनी अन्दाजी २० वर्षको भएको बताइएको छ।

दरबार

घटना भएका बेला राजदरबारभित्र शाही परिवारका कोही पनि थिएनन्।

घटना आतंकवादसँग सम्बन्धित रहे वा नरहेकोबारे अहिल्यै केही भन्न नसकिने प्रहरीले बताएको छ।

राजदरबारका एकजना प्रवक्ताले सुरक्षा मामिलाबारे आफूहरुले कुनै टिप्पणी गर्न नसक्ने प्रतिक्रिया दिएका छन्।

Source : BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com