ललिता निवास प्रकरणको विशेष अदालतले आज फैसला सुनाउने


प्रकाशित मिति : फाल्गुन २, २०८० बुधबार

बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको मुद्दाको फैसला आज हुदैछ । बुधबार नै विशेष अदालतले फैसला सुनाउने तयारी गरेपनि प्राविधिक काम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । सो मुद्धाको आजका लागि पेशी थियो । झण्डै एक महिनादेखिको निरन्तर सुनुवाइपछि बिहिबार मुद्दाको फैसला हुन लागेको हो ।

विशेष अदालतका माघ २ गतेदेखि न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी तथा पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी सहित ११० जनालाई बिगो, कैद र जरिबाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाएर चार वर्षअघि विशेष अदालतमा अभियोग दायर गरेको थियो ।

२९९ रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याएकोमा करिब १४ रोपनी जफत भएको र बाँकी करिब २८५ रोपनी मुआब्जा तिरेर अधिग्रहण गरिएको थियो । त्यसमध्ये अधिग्रहण गरिएको जग्गालाई १६ लाख रुपैयाँभन्दा बढी तिरेको अख्तियारको अभियोगपत्रमा छ । यही जग्गा प्रकरणमा कीर्ते मुद्दा काठमाण्डौ जिल्ला अदालतमा पनि विचाराधीन छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com