बहुमुखि प्रतिभाका धनी विक्की


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

अमेरिकामा नेपाली म्युजीक भिडियोको बिशाल सम्भावना छ म यो बजारलाइ व्यवसायीकरण गर्न चाहन्छु ।’ कुटनीतिज्ञ कृसु क्षेत्रीको शब्दमा रामकृष्ण ढकालको स्वर रहेको “अचेल पाइलै पिच्छै विष छर्दैछु म” बोलको गीतको म्युजीक भिडीयोको सेटर्मा एक्सन कट’बाट छोटो ब्रेक लीदै उनले भने । अमेरिकामा नेपाली म्युजीक भिडियो निर्माणको ट्रेन्ड बसाल्न सक्रिय उनको हरेक विहान स्किृप्टको लाइनहरुबाट सुरु हुन्छ र कहिले काहिँ “सुटिगं प्याकअप” को घोषण गर्न नपाउदै अर्काे विहानसंग जम्काभेट हुन्छ । “विक्कीको निर्देशकिय क्षमता उत्कृष्ट लाग्यो” उत्तर एटलान्टिक महासागरको किनारमा, न्यूयोर्क सहर नजीकै, तयार पारिएको भब्य सेटमा आफ्नो सिन सकेर कफिको चुस्कि लिदै गरेका गितकार क्षेत्रीले भने । उनको क्षमताबाटै प्रभावित भएर क्षेत्रीले आफ्नो अति महत्वकांक्षी गीतमा उनलाइ निर्देशन गर्न अफर गरेका रहेछन् ।


विक्की पुलामी मगर नेपालबाट अमेरिका आएर पनि आफ्नै क्षेत्रमा क्रियाशिल रहने थोरै नेपाली प्रतीभा मध्यका हुन् जसले रंगमंचमा करिब एकदशक विताएका छन् । बाल्यकालमा मार्सल आर्टको खेलाडि बन्ने अठोट बोकेका विक्कीले गुरु चित्रबहादुर पुलामीको प्रेरणाले सितेरियो करातेमा ब्यालेक बेल्ट सम्मको उपाधि पनि हासिल गरे तर उच्च शिक्षाको लागी काठमाण्डौ आएपछि उनको जीवनको लक्ष्य मोडियो । साथीभाइको संगतले संगीतिक महोलमा पनि सहभागी हुने विक्कीलाइ त्यतीबेलाको चर्चित गित “तिमीलाइ चाहिसकेँ” मा अभिनय गर्ने अफर आयो । एक्कासी आएको त्यस्तो प्रस्तावले शुरुमा अलमलाए पनि उनले जीवनमा नयाँ अवसरलाइ खेर फालेनन् । उनको डब्युनै सनसनीपुर्ण भयो, उनको अभिनयको चौतर्फी प्रसंशा भयो । त्यसपछि उनले पछाडी फर्केर हेर्नै परेन ।े । खेलाडि बन्ने सपना बोकेको युवक रातारात हिट मोडलमा परिणत भए । “उनको यूनीक लुक्सको कारण अफर गरेको थिएँ उनी त अभिनयमा पनि अब्बल दरिए ।” सो गीतका गायक कमल खत्री सम्झन्छन् । उनको अभिनय रहेको दोस्रो म्युजीक भिडियो “ट्याटु खोपेर” ले त्यतिबेला काँचको पर्दामा तहल्का मच्चायोे फलस्वरुप उनको उनको माग ह्वातै बढ्यो र उनी एकाएक महंगा मोडलको रुपमा उदाए । अभिनयमा विबिधता, फरक लुक्स र पेशाप्रतीको इमान्दारितानै विक्कीको विशेषता हो जसले उनलाइ एक सफल कलाकार बनायो । “ म्युजीक भिडियोमा थोरै समयमा धेरै कुरा व्यक्त गनुपर्ने चुनौती हुन्छ जुन मेरो लागी सबैभन्दा रमाइलो पक्ष हो,” विक्की भन्छन् ।
सक्षम कलाकारले सबै प्रकारको भूमीकामा न्याय गर्न सक्नुपर्छ भन्ने मान्यता बोकेका विक्कीले सन् २०१५ को सफल चलचित्र जिन्दगी रक्समा खलनायकको भूमिकामा अभिनय गरे जुन उनको जीवनै एक उत्कृष्ट कलाकारिताको नमुना बन्यो । उनको खलनायकीलाइ दर्शकले यति मनपराए कि सिनेमा सफलताको जस नै उनैलाइ मिल्यो । जीन्दगी रक्स पश्चात उनलाइ धेरै सिनेमाबाट अफर आयो तर कामको शिलशिलामा अमेरिका आउनु परेपछि उनले थप सिनेमा अभिनय भने गर्न भ्याएनन् ।


बहुमुखि प्रतिभाका धनी विक्की अभिनयको अलावा निर्देशन, नृत्य र उद्घोषण कलामा पनि उत्तिकै सफल छन् ।
गतबर्षदेखि अमेरिकालाइ कर्मभूमी बनाइ कलाकारितालाइ निरन्तरता दिइरहेका विक्कीले म्यूजीक भिडियो निर्देशन तथा अभिनयमा उत्कृष्ट स्थान बनाएका छन् । उनले अमेरिका र नेपालमा रेकर्ड भएका सातवटा म्युजीक भिडियोमा अभिनय तथा निर्देशन गरेका विक्की भन्छन् “अमेरिका हरेक क्षमतावान मानिसको लागी अवसरको भूमी हो, मैले मेरो बजार निर्माण गरिसकेको छु ।” चुमचुम, नसोच तिमी, सम्बन्ध हाम्रो, अचेल, भुल्यौ कि भुलेकी छैनौ आदी उनले अमेरिकामा अभिनय तथा निर्देशन गरेका भिडियोहरु हुन् जसलाइ दर्शकले अत्याधिक मन पराएका कारण विभिन्न पुरस्कारहरुमा पनि मनोनयनमा परेको छ । उनको म्यूजीक भिडियोहरु “नसोच तिमि” बेष्ट मोडल पप मेल विधामा र भुल्यो कि भुलेकी छैनौ बेष्ट म्यूजीक निर्देशन विधामा ओएस नेपाल म्यूजीक अवार्डमा मनोनयनमा परेको छ । मनोनयनमा पर्नेक्रममा संसारभरका ७०० म्यूजीक भिडियोहरुलाइ विक्कीको भिडियोले उछिनेको आयोजक ओएस नेपालले बताएको छ ।
अभिनय र निर्देशनका अलावा वभिन्न सास्कृतिक कार्यक्रममा नृत्यका लागी होस् वा मंचीय उद्घोषणको लागी, विक्कीको माग चर्काे छ । । उनी एक महंगा डान्सर हुन् । अमेरिकालाइ स्थाइ कर्मभुमी बनाइ नेपाली म्यूजीक भिडियो निर्माणको व्यवसायीक शुरुवात गरेका विक्कीको बारेमा रंगपत्रकार डिमा पाख्रिनले अमेरिकामा सफलताको सिढि चढिरहेका अभिनेता भनि टिप्पणि गरेका थिए । अमेरिकावासि नेपालीको विषयमा एक सिनेमा निर्देशनको तयारि गरिरहेका विक्की भन्छन् “प्रवासका नेपालीलाइ कला संस्कृतीमार्फत एकै सुत्रमा बाध्ने काममा जीवनभर लाग्नेछु ।”

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com