अमेरिकामा निशुल्क ट्याक्स फाइल गर्न यसरी जाँच्नुहोस् आफ्नो योग्यता


प्रकाशित मिति : माघ २२, २०८० सोमबार

आईआरएसले निश्चित आम्दानी भएका करदाताहरुका लागि निशुल्क ट्याक्स फाइल सेवा उपलब्ध भइसकेको घोषणा गरेको छ । सोमबार आईआरएसले निःशुल्क फाइल अबको फाइलिङ सिजनको लागि उपलब्ध भएको घोषणा गरेको हो । यस कार्यक्रमको साथ योग्य करदाताहरूले विश्वसनीय निःशुल्क फाइल साझेदारहरूबाट निःशुल्क ट्याक्स सफ्टवेयर प्रयोग गरेर आफ्नो संघीय ट्याक्स रिटर्नहरू तयार गर्न र फाइल गर्न सक्छन्।

प्रत्येक निः शुल्क सेवा प्रदायकले उमेर, आय र राज्यको आधारमा आफ्नै योग्यता नियमहरू सेट गरेका छन् । सन् २०२३ मा ७९ डलर वा कमको आम्दानी गरेका करदाताहरूले निशुल्क फाइल प्रदायकबाट सेवा पाउन सक्छन्। केही प्रदायकहरूले निः शुल्क रुपमा राज्यको ट्याक्स रिटर्न पनि प्रस्ताव गर्छन्।

निः शुल्क सेवा प्रदायकबाट आईआरएसमा पठाउँदा करदाताको जानकारीलाई अनाधिकृत पहुँचबाट सुरक्षित गरिन्छ। निःशुल्क फाइल साझेदार कम्पनीहरूले करदाताको अनुमति बिना ट्याक्स रिटर्न तयारी बाहेक अन्य उद्देश्यका लागि ट्याक्स रिटर्न जानकारी साझा वा प्रयोग गर्न सक्दैनन्। आईआरएस निः शुल्क ट्याक्स फाइल सेवा प्रदायकमार्फत कम्प्युटर नहुने करदाताहरूले आफ्नो स्मार्टफोन वा ट्याब्लेटमार्फत पनि ट्याक्स फाइल गर्न सक्छन् ।

निशुल्क ट्याक्स फाइल गर्नका लागि आफ्नो योग्यता र उचित सफ्टवेयर थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

यसपटक १०४० नाओ, ड्रेक, ईजी ट्याक्स रिटर्न, फाइल योर ट्याक्सेस डटकम, अनलाइन ट्याक्सेस, ट्याक्स एक्ट, ट्याक्स ह्वाक र ट्याक्स स्लेयरले निशुल्क ट्याक्स फाइलका लागि आईआरएससँग सहकार्य गरेका छन् । १७ हजारदेखि ७९ हजारभित्र आम्दानी हुनेहरुले १०४० डटकमबाट निशुल्क ट्याक्स फाइल गर्न सक्छन् । ४५ हजार वा कम आम्दानी भएकाहरुले ओएलटी डटकम वा फ्री ट्याक्स युएसए डटकमबाट निशुल्क ट्याक्स फाइल गर्न सक्छन् भने ८ हजार ५ सयदेखि ७९ हजारभित्र आम्दानी हुनेहरुले फाइल योर ट्याक्सेस डटकमबाट निशुल्क ट्याक्स फाइल गर्न सक्छन् । फाइल योर ट्याक्सेस डटकमबाट निशुल्क ट्याक्स फाइल गर्न ६४ बर्षभन्दा कम उमेरको हुनुपर्छ ।

७९ हजारभित्र आम्दानी हुनेहरुले ईजीट्याक्स रिटर्न डटकम वा ट्याक्स एक्ट डटकमबाट पनि निशुल्क ट्याक्स फाइल गर्न सक्छन् । तर ट्याक्स एक्ट डटकमबाट फाइल गर्दा २० देखि ५८ बर्ष बीचको हुनुपर्छ । त्यस्तै ४४ हजार वा कम आम्दानी भएकाहरुले ट्याक्सस्लेयर डटकमबाट फाइल गर्न सक्छन् भने ६८ हजारभन्दा कम आम्दानी भएकाहरुले १०४० नाओ डटनेटबाट निशुल्क ट्याक्स फाइल गर्न सक्छन् ।

ओएलटी, फाइल योर ट्याक्सेस, ट्याक्स एक्ट, फ्री ट्याक्स युएसए, ट्याक्स स्लेयर सबै राज्यहरुमा संघीय ट्याक्स फाइलका लागि निशुल्क उपलब्ध छ भने फ्री ट्याक्स युएसए र ओएलटी सबै राज्यमा राज्यको ट्याक्स फाइल गर्नका लागि समेत निशुल्क उपलब्ध छ । ईजी ट्याक्स रिटर्न डटकम र १०४० नाओ डटकमको कुनै पनि राज्यको ट्याक्स फाइलका लागि नशिुल्क सेवा उपलब्ध छैन । अन्यको भने केही राज्यमा निशुल्क राज्यको ट्याक्स फाइल सेवा उपलब्ध छ । त्यस्तै ४५ हजारभन्दा कम आम्दानी हुनेहरुका लागि ओएलटी डटकम र फ्री ट्याक्स युएसए डटकम उचित छनौट हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com