२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
ट्याक्स टिप्स

चाइल्ड ट्याक्स क्रेडिट विस्तार र कर्पोरेट कर छुटहरु बढाउने बिल प्रतिनिधिसभाबाट पारित

white concrete building under clear blue sky

तस्बिर: अलेजान्ड्रो बार्बा

बुधवार संसदको तल्लो सदन प्रतिनिधिसभाले श्रमिक परिवारहरूको लागि कर कटौती गर्न र निश्चित कर्पोरेट कर छुटहरू पुनर्स्थापना गर्न द्विदलीय बिल पारित गरेको छ । बुधबार राति पारित ७८ बिलियन डलरको कर प्याकेज अब सिनेटमा पठाइएको छ, जहाँ यसको मार्ग अनिश्चित छ। बिल अब डेमोक्रेटिक नेतृत्वको सिनेटमा जान्छ, जहाँ यसलाई पारित गर्न ६० मत चाहिन्छ। बिलको पक्षमा भोट कति छन् भन्ने स्पष्ट छैन ।

रिपब्लिकन नेतृत्वको तल्लो सदनले दुई तिहाई बहुमत चाहिने द्रुत ट्र्याक प्रक्रिया प्रयोग गरी यो बिल पारित गरेको हो । बिलका पक्षमा ३५७ र विपक्षमा ७० मत खसेको थियो । १६९ रिपब्लिकन र १८८ डेमोक्र्याटले बिलको पक्षमा मतदान गरेभने ४७ रिपब्लिकन र २३ डेमोक्र्याटले बिलको विपक्षमा मतदान गरे। संघर्षरत परिवारहरू विशेष गरी धेरै बच्चाहरू भएका अभिभावकहरूलाई राहत प्रदान गर्ने लक्ष्य राख्दै बिलले रिफण्ड हुन योग्य चाइल्ड ट्याक्स क्रेडिटहरू विस्तार गर्नेछ ।

set of black opened envelope and cash dollars
Photo by Karolina Grabowska on Pexels.com

विद्यमान कानून अन्तर्गत यदि बच्चा १६ बर्षभन्दा कम उमेरको छ र परिवारको आम्दानी एकलका हकमा २ लाख डलरभन्दा कम र दम्पत्तिका हकमा ४ लाख डलरभन्दा कम छ भने प्रति बच्चा २ हजार डलरसम्म कर क्रेडिट प्राप्त गर्न सकिन्छ । तर यो २ हजार डलरको पूर्णभाग तिर्नुपर्ने ट्याक्स रकममा मात्र घटाउन सकिन्छ । यदि करदाताले ट्याक्स तिर्नुपर्ने अवस्था छैन भने जम्मा १६ सय डलरमात्र रिफण्डका रुपमा प्राप्त गर्न सक्छन् ।

तर यो बिल पारित भएमा यदि करदाताले ट्याक्स तिर्नुपर्ने अवस्था छैन भने १८ सय डलर रिफण्डका रुपमा प्राप्त गर्न सक्नेछन् । यो रकम सन् २०२४ का लागि १९ सय र सन् २०२५ का लागि २ हजार डलर हुनेछ । यो बिलले हालको कानूनमा रहेको योग्य प्रत्येक बच्चाको लागि क्रेडिटको पूर्ण रकम प्राप्त गर्न अनुमति दिने क्यापलाई पनि हटाउनेछ । साथै अभिभावकहरूलाई उनीहरूको हालको आय वा अघिल्लो वर्षको आय गणना गर्न अनुमति दिनेछ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →