सामसुङका उपाध्यक्षलाई पाँच वर्ष जेल


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

दक्षिण कोरियाको एउटा अदालतले प्रविधि संसार‍को विशाल कम्पनी सामसुङका उपाध्यक्ष जे यङ लीले घुस खुवाएको ठहर गर्दै उनलाई पाँच वर्ष जेल सजाय सुनाएको छ।

दक्षिण कोरियाकै सबैभन्दा शक्तिशाली व्यापारी मानिने लीले पूर्व राष्ट्रपति पार्क गुन हेकी एकजना नजिकको साथीलाई घुस दिएको सोल जिल्ला अदालतले ठहर गरेको हो।

सरकारी लाभ लिनका लागि लीले घुस खुवाएको आरोप थियो।

दक्षिण कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार लीले ५० लाख डलर अनियमितता गरेको अदालतले ठहर गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महाभियोग

सामसुङका अरु दुईजना कार्यकारीलाई अदालतले चार/चार वर्षको जेल सजाय सुनाएको छ।

उक्त घुसकाण्डलाई लिएर पूर्व राष्ट्रपति हेमाथि महाभियोग लगाइयो।

अदालत

सरकारी अभियोजनकर्ताहरुले लीलाई १२ वर्ष जेल सजाय दिनुपर्ने अदालतसमक्ष माग गरेका छन्।

लीले आफूले पैसा दिएको स्वीकार गरिसकेका छन् तर त्यसको बदलामा सरकारी लाभ खोजेको आरोप अस्वीकार गर्दै आएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com