लङ आइल्याण्डमा विहानै भएको कार दुर्घटनामा न्युयोर्कको क्वीन्स निवासी २ टिनएजरको मृत्यु


प्रकाशित मिति : माघ १५, २०८० सोमबार

न्युयोर्कको साउदर्न स्टेट पार्कवेमा भएको दुर्घटनामा क्वीन्सका दुई टिनएजरको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक क्वीन्सको साउथ रिचमण्ड हिलका १९ वर्षीय जेभोन लाइकेन र यात्रु कोरोनाका १८ वर्षीय देबरपिता डे रहेको प्रहरीले जनाएको छ ।

दुई कार दुर्घटना बेबिलोनको एक्जिट ३५ नजिकैको पार्कवेको पश्चिमी किनारमा बिहान ५ बजेर ४० मिनेटमा भएको थियो। लाइकेनले पार्कवेको मध्य लेनमा २०१५ इन्फिनिटी क्यु ५० चलाउँदै गर्दा २०१५ जीप कम्पासलाई पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि गाडीले सडक छाडेर रूखमा ठोक्किदा चालक र यात्रुको मृत्यु भएको थियो ।

जिपका चालकलाई अचेत अवस्थामा अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनापछि अनुसन्धान र सरसफाईका क्रममा करिब पाँच घण्टासम्म ट्राफिक जाम भएको थियो ।

यो घटना यस हप्ताको अन्त्यमा लङ आइल्याण्डमा भएका तीनवटा घातक दुर्घटनाहरू मध्ये एक हो जसले चार जनाको ज्यान गएको थियो । यो दुर्घटना हुनु भन्दा करिब दुई घण्टा अघि एक पैदल यात्रीलाई साउथ फार्मिंगडेलमा एक चालकले ठक्कर दिएर मारेका थिए । घटनापछि चालक घटनास्थलबाट भागेको प्रहरीले जनाएको छ ।

पीडितलाई मेरिट्स रोडमा बिहान ३ बजेर ४० मिनेटमा ग्रे वा सिल्भर पिकअप ट्रकले ठक्कर दिएको थियो । सनाखत नभएका पुरुषलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषणा गरिएको थियो।

त्यो अगाडि शनिबार बिहान युनियनडेलको स्टीवर्ट एभिन्यूमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको थियो । एक ३७ वर्षीया महिलाले मध्यरातको केही समय पछि आफ्नो गाडीको नियन्त्रण गुमाएपछि गाडी पर्खालमा ठोकिएको थियो । उनलाई अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com