१६७ यात्रु बोकेको अमेरिकी एयरलाइन्सको विमान हवाईमा ‘हार्ड ल्यान्डिङ’ हुँदा ६ जना घाइते


प्रकाशित मिति : माघ १४, २०८० आईतबार

white and red passenger plane flying in the sky during daytime

अमेरिकी एयरलाइन्सको विमान हवाईमा ‘हार्ड ल्यान्डिङ’ हुँदा ६ जना घाइते भएका छन् । उडानमा सवार उनीहरुलाई सामान्य चोटपटक लागेपछि अस्पतालमा भर्ना गरिएको थियो । विमानले हावाईको माउईमा रहेको काहुलुई एयरपोर्टमा हार्ड ल्यान्डिङ गरेको थियो।

यात्राका क्रममा घाइते हुनेमा एक यात्रु र पाँचजना उडान परिचर थिए । अमेरिकन एयरलाइन्सको फ्लाइट २७१ लस एन्जलस इन्टरनेशनल एयरपोर्टबाट उडेको थियो भने स्थानीय समय अनुशार दिउँसो २ बजेपछि माउमा अवतरण गरेको थियो ।

विमानले १६७ यात्रु र सात चालक दलका सदस्यहरू बोकेको थियो । विमान अवतरण गर्दा समस्या भएको जनाइएको छ । माउ पुलिस विभागका अनुशार २ बजेर २१ मिनेटमा चिकित्साटोली घटनास्थलमा पुगेको थियो ।

American airliner on airfield during day

विमान आफ्नै शक्तिमा गेटमा पुगेको थियो भने यात्रुहरु सामान्य रूपमा उतारिएका थिए । त्यसपछि जेटलाइनरलाई निरीक्षणका लागि सेवाबाट हटाइएको थियो । ग्राहक र टोली सदस्यहरूको सुरक्षा आफूहरुको उच्च प्राथमिकता भएको एयरलाइनले बताएको छ ।

फेडरल एभिएसन एडमिनिस्ट्रेशनले पनि हार्ड ल्यान्डिङको कारणबारे अनुसन्धान गरिरहेको बताएको छ। अमेरिकन एयरलाइन्सको उडान २७१ सुरुमा माउ एयरपोर्टमा १२ बजेर ४७ मिनेटमा आइपुग्ने तालिका भएपनि उड्नु अघि लस एन्जलसको विमानस्थलमा ट्याक्सी गर्दा लगभग ७९ मिनेट ढिलो भएको थियो ।

हवाईमा यो घटना न्यूयोर्कको फ्रेडरिक डगलस ग्रेटर रोचेस्टर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा अमेरिकन एयरलाइन्सको विमान रनवेबाट चिप्लिएको एक हप्ता पछि आएको हो। त्यतीबेला ५३ जना यात्रु बोकेको एम्ब्रेयर ई१४५ बेलुकी ४ बजेतिर चिप्लिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com