न्युयोर्क सिटीमा प्यालेस्टाइनको समर्थनमा गरिएको प्रदर्शनमा जलाइयो अमेरिकी झण्डा


प्रकाशित मिति : माघ १३, २०८० शनिबार

blue and white star print textile in front of bonfire

न्युयोर्क शहरमा शुक्रबार भएको विरोध प्रदर्शनका क्रममा प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूले अमेरिकी झण्डा जलाएका छन् । इजरायल समर्थक संगठन अमेरिकन इजरायल पब्लिक अफेयर्स कमिटीको मुख्यालय बाहिर जुलुसको क्रममा प्रदर्शनकारीहरूले अमेरिकाको झण्डा जलाएका हुन् । उनीहरुले नरसंहारकारी जो बाइडेन भन्दै स्वतन्त्र प्लोष्टाइनका पक्षमा नारा समेत लगाएका थिए ।

न्युयोर्क सिटीको प्रहरी र प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूबीच शुक्रबार दिउँसो म्यानहटनमा झडप समेत भएको थियो । प्रहरी अधिकारीहरूले अमेरिकन इजरायल पब्लिक अफेयर्स कमिटीको मुख्यालयको अगाडि रहेका प्रदर्शनकारीहरूलाई गिरफ्तार गरेको थियो ।

पक्राउ परेपछि एक महिलाले ‘जनताको करबाट तलब खाएको यसैको लागि हो’ भन्दै कराएको सुनिएको थियो । प्रहरीले पक्राउ गरेपछि पनि ती महिला कराउन जारी राखेकी थिइन् । अमेरिकी सरकारले गाजामा नरसंहारलाई आर्थिक सहयोग गरिरहेको भन्दै ती महिला चिच्याएकी थिइन् । अधिकारीहरूले महिलालाई नियन्त्रणमा राखेपछिपनि उनले न्युयोर्क प्रहरीलाई इजरायल डिफेन्स फोर्सलाई केकेकेसँग तुलना गर्दै आफ्नो रिस जारी राखिन्।

पछि भिडियोमा प्रहरीले अन्य प्रदर्शनकारीसँग पनि मुठभेड गरेको देखिएको थियो । प्रहरीले केवल शान्ति कायम राख्न कोशिस गरेको भन्दै प्रदर्शनकारीलाई आफै तितिरवितर हुन आव्हान गरेका थिए । प्रदर्शनकारीले प्रहरीलाई अपशब्द प्रयोग गरेर जवाफ दिइरहेको भिडियोमा सुनिएको थियो । भींडमा एक इजरायल समर्थकलाई प्रहरीले सुरक्षा दिएर लगेको थियो भने उनलाई हटाएकोमा प्रदर्शनकारीहरूले खुशी व्यक्त गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com