न्युयोर्कको ज्याक्सनहाइट आसपासमा पार्लरका नाममा संचालित यौन अखडाहरुलाई कारवाही


प्रकाशित मिति : माघ १३, २०८० शनिबार

न्युयोर्कको क्वीन्स ज्याक्सनहाइट आसपासमा पार्लरका नाममा संचालित यौन अखडाहरुलाई कारवाही गरिएको छ । न्युयोर्कमा यौन व्यवसाय कानून विपरित हो । प्रहरीले क्वीन्समा छापा मार्दा पार्लरका नाममा यौन व्यवसाय संचालन गरिरहेका सात मसाज पार्लरहरू बन्द गराएको छ।

क्वीन्सको रुजवेल्ट एभिन्यू आसपासमा रहेका यौन व्यवसायहरु बन्द गराएकोमा त्यस क्षेत्रका बासिन्दाहरुले खुशी व्यक्त गरेका छन् । एल्मस्र्ट र कोरोना क्षेत्रमा रहेका त्यस्ता पार्लरहरूमाथि कारवाहीका लागि न्युयोर्कका मेयर एरिक आडम्स आफै नेतृत्व गर्दै पुगेका थिए । उनले यौन व्यवसाय संचालन गरिरहेका पार्लरभित्र देखेको अवस्था अमानवीय रहेको बताएका छन् ।

(मेयरल फोटोग्राफी कार्यालय)

भित्र यौन व्यवसायका लागि कैयन बिस्ताराहरु राखिएको थियो । त्यस्ता विस्ताराहरु केबल पर्दाले विभाजन गरिएको थियो । यसले समुदायको जीवनस्तर खस्कँदै गएको देखिएको उनले बताएका छन् । यौन बेचबिखन वास्तविक रहेको र यो डरलाग्दो अवस्थाहरूले न्युयोर्क प्रहरी अल्छी बसेर बस्न नहुने तथा यौन व्यवसाय केवल फास्ट फूड रेस्टुरेन्ट जस्तो नभएको मेयर आडम्सले बताएका छन् ।

यौन व्यवसायमाथि कारवाहीको श्रेय मेयर आडम्सले सिटी काउन्सिलमा समुदायको प्रतिनिधित्व गर्ने काउन्सिलम्यान फ्रान्सिस्को मोयालाई दिएका छन् । प्रहरी प्रमुख जोन चेलले पनि मोयालाई कारवाही जारी राख्नको लागि धन्यवाद दिउका छन् किनभने समुदायमा वर्षौंदेखि यौन व्यवसाय भइरहेको छ। प्रहरीले यौन व्यवसाय नियन्त्रण नभएसम्म अन्य स्थानमा पनि छापामार्ने योजना बनाएको छ ।

बाटोमा ‘मसाज मसाज’ भन्दै ग्राहक बोलाउने भएतापनि यी वास्तविक मसाज पार्लर नभएकोबारे स्थानीयले गुनासो गरेका थिए । यौन व्यवसाय चलिरहेको र आफ्ना बच्चाहरुले यस्तो थाहा पाएको भन्दै स्थानीय बासिन्दाहरूले बोलेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com