अमेरिकामा १८ देखि २५ बर्षका झण्डै ३० प्रतिशत ‘एलजीबीटीक्यु’


प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार

people holding flags during daytime

अमेरिकामा १८ देखि २५ बर्षका झण्डै ३० प्रतिशतले आफूहरु ‘एलजीबीटीक्यु’ भित्र पर्ने बताएका छन् । अमेरिकामा १८ देखि २५ बर्षका वयस्कहरूमा हरेक ४ मा एकजनाभन्दा बढीले आफूलाई लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर वा क्वियरको रूपमा पहिचान गरेको एक राष्ट्रिय सर्वेरषणले जनाएको छ । जुन वृद्ध उमेर समूहहरूका तुलनामा अत्यन्तै धेरै हो ।

सार्वजनिक धर्म अनुसन्धान संस्थानले जारी गरेको रिपोर्ट अनुसार ती वयस्कहरूलाई अन्य उमेर समुहका आफूलाई एलजीबीटीक्यु पहिचान गराउनेहरुसँग तुलना गरिएको छ । एलजीबीटीक्यु पहिचानको सन्दर्भमा अहिलेका १८ देखि २५ बर्षभित्रका वयस्कहरू वृद्ध अमेरिकीहरू भन्दा फरक देखिने सार्वजनिक धर्म अनुसन्धान संस्थानकी प्रमुख कार्यकारी मेलिसा डेकम्यानले बताइन् ।

एलजीबीटीक्यु पहिचान ब्रेकडाउनमा रिपोर्टले १८ देखि २५ बर्षका वयस्कहरू मध्ये ७२ प्रतिशतले विपरित लिंगीप्रतिमात्र आकर्षित हुने, १५ प्रतिशतले महिला र पुरुष दुबैप्रति आकर्षित हुने, ५ प्रतिशतले समलिङ्गी र ८ प्रतिशतले अन्यको रूपमा पहिचान गराएका थिए । १८ देखि २५ बर्षका वयस्कहरू पुरानो पुस्ताको तुलनामा जातीय रूपमा विविध थिए र स्थापित धर्महरूसँग सम्बद्ध हुने सम्भावना कम थियो।

नयाँ सर्वेक्षणमा ६ हजार ६ सय जना भन्दा बढी सहभागीहरू समावेश थिए भने यो सर्वेक्षण अगस्त र सेप्टेम्बरमा सञ्चालन गरिएको थियो। निष्कर्षहरू विगतका अन्य प्रमुख सर्वेक्षणहरूसँग मिल्दोजुल्दो छन्, जसले १८ बर्षदेखि २५ बर्षसम्मको उमेरसमुह अहिले सम्मको सबैभन्दा ठूलो वयस्क पुस्ता हो। गत वर्षको फेब्रुअरीमा जारी गरिएको सर्वेक्षणमा ग्यालपले अमेरिकामा ७ दशमलव २ प्रतिशत वयस्कहरूलाई एलजीबीटीक्युको रूपमा पहिचान गरेको थियो, जसमा २० प्रतिशत १९ देखि २६ बर्षका थिए ।

अमेकिरामा एलजीबीटीक्यु समुदायले अधिकारका सन्दर्भमा अमेरिकामा बढ्दो चुनौतीहरूको सामना गर्दै आएको बेलामा नयाँ सर्वेक्षण आएको हो । गत वर्ष ५ सय भन्दा बढी एलजीबीटीक्यु विरुद्धका बिलहरू देश भरका राज्य संसदहरुमा पेश गरिएको थियो, जसमध्ये ७५ वटा कानूनमा हस्ताक्षर गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com