न्युयोर्कको क्वीन्स उडसाइडमा विद्युत ट्रान्सफर्मरमा आगलागी, १२ सय घर अन्धकार


प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार

two fire trucks parked inside of a fire station

क्वीन्सको ट्रान्सफर्मरमा लागेको आगोले शुक्रबार बिहान करिब १,२०० कोन एडिसन ग्राहकहरुका घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । उडसाइडको ५८ औं स्ट्रिट र लौरेल हिल बुलभर्डमा रहेको ट्रान्सफर्मरमा विहान २ः३० बजे आगलागी भएको थियो ।

स्थानीयबासिन्दाहरुले विद्युत आपूर्तिमा अवरोध आउनु अगाडि विस्फोटको आवाज सुनेको बताएका छन् । ब्रुकलिन क्वीन्स एक्सप्रेसवेको एक भाग यस क्षेत्र को नजिक छ। आगलागीका कारण एक्सप्रेसवेका केही बत्तीहरु पनि निभेका थिए ।

कोन एडिसनले बिहान ७ बजे प्रभावित ग्राहकहरूको लागि विद्युत पुनर्स्थापना गर्न सक्षम भएको थियो । ट्रान्सफर्मरमा के कारणले आगलागी भयो भन्ने खुल्न सकेको छैन । घटनाको विषयमा अधिकारीहरुले अनुसन्धान गरिरहेको बताएका छन् । यस क्षेत्रमा नेपालीहरुको पनि बाक्लो बसोबास रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com