न्युयोर्क सिटीको अपार्टमेन्टमा फ्रिजमा मान्छेको काटिएको टाउको र अंगहरु फेला


प्रकाशित मिति : माघ १०, २०८० बुधबार

white and blue ford f 150

न्युयोर्क सिटीको ब्रुकलिनमा रहेको एउटा अपार्टमेन्टमा फ्रिजभित्र मान्छेको काटेको टाउको र अंगहरु फेला परेका छन् । प्लास्टिकको झोलामा लुकाएर राखिएको काटिएको टाउको र शरीरका भागहरू गत वर्ष बेपत्ता भएका स्थानीय ड्रग डिलरको अवशेष हुन सक्ने अधिकारीहरुले आशंका गरेका छन् ।

फ्ल्याटबशमा सोमबार यस्तो डरलाग्दो दृश्य देखिएको थियो । अपार्टमेन्टमा बस्ने महिलाले आफ्ना पतिले गत सेप्टेम्बरमा ड्रग्सको विवादमा डिलरको हत्या गरेको र उनको शरीर टुक्राटुक्रा पारेर फ्रिजमा राखेको दावी गरेकी थिइन् । ती महिला ४५ वर्षीया हेथर स्टिन्स रहेको र उनको मनोवैज्ञानिक मूल्याङ्कन भइरहेको जनाइएको छ । उनीविरुद्ध कुनै अभियोग लगाइएको छैन।

प्रहरीले सोमबार बिहान सबा ६ बजे नोस्ट्रान्ड एभिन्यू अपार्टमेन्टमा एक शव लुकाइएको सूचना पाएपछि घटनास्थलमा पुगेको न्युयोर्क प्रहरीका प्रमुख डिटेक्टिभ जोसेफ केनीले मंगलबारको प्रेस ब्रीफिंगमा बताएका छन् । प्रहरीले रेफ्रिजरेटर बन्द भएको फेला पारेका थिए भने स्टिन्सलाई हिरासतमा लिएका छन् । उनले प्रहरीलाई रेफ्रिजरेटर भित्र हेर्नबाट रोक्न खोजेको जनाइएको छ, जहाँ टाउको र शरीरका अन्य भागहरू बरफमा थिए ।

स्टिन्सलाई अहिले ब्रूकडेल अस्पतालमा निगरानीमा राखिएको छ । प्रहरीले उनलाई हिरासतमा लिँदा उनीविरुद्ध चोरीको धेरै वारेन्टहरू थिए। स्टिन्सले कथित रूपमा तस्बिरबाट ड्रग डिलरको पहिचान गरेको र टुक्राटुक्रा गरिएको शरीरमा रहेको ट्याटु बेपत्ता व्यक्तिले लगाएकोसँग मेल खाने जनाइएको छ । स्टिन्सले कहिलेकाहीं बेपत्ता ड्रग डिलरलाई विगतमा अपार्टमेन्टमा सुत्न अनुमति दिने गरेको तर हालका महिनाहरूमा आगन्तुकहरूलाई उनको फ्रिज नजिकै जान नदिएको जनाइएको छ ।

ती महिला करिब छ वर्षदेखि भवनमा बसेको र मूल रूपमा केन्टकीकी रहेको जनाइएको छ । उनले आफ्नो श्रीमान् भर्जिनियामा पहिचान चोरीको आरोपमा जेल परेको बताइन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com