न्यु ह्याम्पशायरमा पनि ट्रम्पको जीत, एक्ली प्रतिस्पर्धी निक्की हेलीले मैदान नछाड्ने


प्रकाशित मिति : माघ ९, २०८० मंगलबार

डोनाल्ड जे ट्रम्पले मंगलबारको न्यु ह्याम्पशायर प्राइमरी चुनावमा निक्की हेलीलाई पराजित गर्दै रिपब्लिकन उम्मेदवारी तर्फ आफ्नो गति जारी राखेका छन् । एक्ली प्रतिस्पर्धी निक्की हेलीले मैदान नछाड्ने बताएपनि उनको अबको यात्राबारे प्रश्नचिन्हहरु खडा भएका छन् । राष्ट्रपति पदमा नरहेको बेला चुनाव लड्दा आयोवा र न्यु ह्याम्पशायर दुबै राज्यका रिपब्लिकन प्राइमरीमा जीत हासिल गनेै आधुनिक इतिहासमा ट्रम्प पहिलो उम्मेदबार बनेका छन् ।

(AP Photo/Charles Krupa)

अन्तिम मतदान ८ बजे बन्द भएपछि एपीले ट्रम्पको जीत घोषणा गरेको थियो । ब्यापक अभियान चलाएका र सबैभन्दा आक्रामक रूपमा खर्च गरेका यी राज्यहरुमा रोन डेसेन्टिस र निक्की हेलीलाई पछाडि पारेपछि ट्रम्पको अगाडिको यात्रा थप स्पष्ट भएको छ । रोन डेसेन्टिसले ट्रम्पलाई समर्थन गर्दै मैदान छाडिसकेका छन् ।

(AP Photo/Matt Rourke)

ट्रम्पले हेलीलाई आक्रमण गर्दै तितो विजय भाषण दिएका छन् । ट्रम्पले नर्थ क्यारोलिनाका सिनेटर टिम स्कट र विवेक रामास्वामीले घेरिएर आफ्नो विजय भाषण दिएका थिए ।

(Photo by SAUL LOEB / AFP)

न्यु ह्याम्पशायर डेमोक्र्याटिक प्राइमरीमा राईट इन उम्मेद्वारको रूपमा विजयी राष्ट्रपति जो बाइडेनले अबको राष्ट्रपति चुनावको रिपब्लिकन उम्मेदबार डोनाल्ड ट्रम्प नै हुने स्पष्ट भएको प्रतिकृया दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com