न्युयोर्क सिटीको युनियन स्क्वायरमा ट्रेनको ठक्करबाट मानिसको मृत्यु


प्रकाशित मिति : माघ ८, २०८० सोमबार

न्युयोर्क सिटीको युनियन स्क्वायर स्टेशनमा सबवे ट्रेनले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहानको घातक ठक्करका कारण भीडभाडको समयमा ट्रेनको सेवा अवरुद्ध भएको थियो । घटनाबारे अनुसन्धान गर्न एन, क्यु, आर र डब्ल्यु ट्रेनकाा लाइनहरु आंशिक रूपमा अवरुद्ध गरिएको थियो ।

मृत्युको सम्पूर्ण विवरण आइसकेको छैन । बिहान साढे ८ बजे दक्षिणतर्फ जाँदै गरेको क्यू ट्रेनले एक व्यक्तिलाई ठक्कर दिएको प्रहरी अधिकारीहरूले बताएका छन् । स्वास्थ्य टोलीले उनलाई घटनास्थलमा मृत घोषित गरेको थियो । घटनाले सबवे ट्रेनसेवा परिवर्तनको अवस्था आएको थियो ।

14th St — Union Square: The Q Train” by Waywuwei is licensed under CC BY-ND 2.0.

सेवा परिवर्तनपछि दक्षिण जाने एन, क्यु र आर ट्रेनहरु १४ स्ट्रीट युनियन स्क्वायरमा रोकिएनन् भने दक्षिण जाने एन र क्यु ट्रेनहरू ३४ औं स्ट्रीट हेराल्ड स्क्वायरदेखि क्यानल स्ट्रीटसम्म स्थानीय स्टपहरूमा रोकिएका थिए । केही उत्तर जाने एन ट्रेनहरु आरको लाइनमा चलेका थिए भने क्यु ट्रेन बीको लाइनमा चलेको थियो । केही आर ट्रेन एफको लाइनमा चले भने डब्ल्यु ट्रेन दुबै दिशामा अवरुद्ध भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com