न्युयोर्कको क्वीन्समा ६ हतियारधारी डाकुबाट शिक्षकको बीएमडब्ल्यू गाडी र ७ हजार डलर लुटपाट


प्रकाशित मिति : माघ ६, २०८० शनिबार

६ हतियारधारी डाकुहरूको समुहले न्युयोर्कको क्वीन्समा हाई स्कूल बाहिर एक पूर्व अमेरिकी सेना समेत रहेका शिक्षकको बीमएडब्ल्यु कारज्याक गर्नुका साथै शिक्षकलाई उनको परिवारको अगाडि बन्दुकको कुन्दाले हिर्काएका छन् । उनको साथबाट ७ हजार डलर नगदसमेत लुटेको प्रहरीले जनाएको छ ।

डाकुहरुले क्रिस्टोफर ड्यासको टाउकोमा बन्दुकको कुन्दाले प्रहार गरेका थिए भने घटना क्वीन्सको फ्रेस मीडोजको फ्रान्सिस लुइस हाई स्कूल बाहिर बिहान साढे ५ बजेको समयमा भएको हो । क्वीन्समा लक्जरी कारज्याकिंगको श्रृंखला चलिरहँदा यो घटना भएको हो ।

५९ वर्षीय ड्यास आफ्नी श्रीमती र १८ वर्षीय छोरासँग स्कूलको छेउमा होरेस हार्डिङ एक्सप्रेसवेको पछाडितिर रहेको लटमा आफ्नो कारमा बसिरहेका थिए । त्यही बेला दुईवटा सेडान गाडीहरू आएर उनीहरूको कारको बाटो छेकेका थिए । त्यसपछि पाँच पुरुष र एक महिला बाहिर निस्केर बन्दुक देखाउँदै कारको चाबी र सामान मागेका थिए ।

NYPD white and blue NYPD SUV

ड्यास, उनकी श्रीमती र छोरा कारबाट बाहिर निस्कनेवित्तिकै डाँकुहरुको समुहले ७ हजार डलर नगद, सेल फोन, आईडी, डेबिट कार्ड र ल्यापटपहरु लुटेका थिए । डेयासले यति ठूलो नगद रकम किन बोकेका थिए भन्ने थाहा हुन सकेको छैन । एक जनाले ड्यासको टाउकोमा बन्दुकको कुन्दा प्रहार गर्दा चोट लागेको प्रहरीले जनाएको छ । दुईजनाले ड्यासको बीएमडब्लु गाडी चलाएर भागे भने अरूहरू डज सेडानमा भागेका थिए ।

गत महिना क्वीन्समा कम्तिमा पाँच अन्य व्यक्तिहरूलाई सशस्त्र कारज्याकरहरूले आतंकित बनाएका थिए । उनीहरुले पोर्श, मर्सिडीज बेन्ज र तीन अन्य बीएमडब्ल्यूहरू लुटेका थिए । त्यतीबेला लुटेराहरूले दुईजना पीडितको टाउकोमा प्रहार गरेका थिए भने तीब्र गतिमा भाग्नु अगाडि १,८०० नगद, एउटा घडी, मोबाइल फोन र ज्याकेट लुटेका थिए । प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com