चरम चिसोको अर्को चरण अमेरिकाभर फैलिदै, ९ राज्यमा नेपाली भाषीसहित कम्तीमा ४० को मृत्यु


प्रकाशित मिति : माघ ४, २०८० बिहीबार

पूर्वी अमेरिकामा भयानक चिसोपछि शीतकालीन आँधी प्रणालीले प्यासेफिक नर्थवेष्टमा चिसो वर्षा र अनिश्चित अवस्थाहरू ल्याइरहेको छ। जनवरी १२ यता अमेरिकाका नौ राज्यमा खतरनाक जाडो मौसममा कम्तिमा ४० जनाको मृत्यु भइसकेको छ, जसमा एकजना नेपालीभाषी भुटानी युवा समेत रहेका छन् । पेन्सिलभेनियाको योर्क काउन्टीमा खराब मौषमका कारण भएको गाडी दुर्घटनामा नेपाली भाषी भुटानी युवाको मृत्यु भएको थियो । उनी गाडीमुनी बेहोस अवस्थामा भेटिएका थिए ।

खराब मौषमका कारण अर्कान्सास, इलिनोय, कन्सास, मिसिसिपी, न्यूयोर्क, ओरेगन, पेन्सिलभेनिया, टेनेसी र विस्कन्सिनमा ४० जनाको मृत्युको रिपोर्ट गरिएको छ। टेनेसीमा मौसमसँग सम्बन्धित मृत्युको सबैभन्दा धेरै संख्या रिपोर्ट गरिएको थियो । हिउँले भरिएको नोक्सभिल राजमार्गमा गाडीको नियन्त्रण गुमाउँदा सोमबार साँझ एक बक्स ट्रक चालकको मृत्यु भएको थियो । खराब मौसमका कारण टेनेसीमा १४ जनाको मृत्यु भएको राज्यको आपतकालीन व्यवस्थापन निकायले बुधबार जनाएको छ। पेन्सल्भेनियामा हिउँले ढाकिएको सडकमा मिनिभ्यानले नियन्त्रण गुमाउँदा पाँच जनाको मृत्यु भएको छ ।

आयोवाको मौषम (एपी फोटो/ क्यारोलिन कास्टर)

अब खराब मौषमको अर्को चक्र नर्थवेष्टमा सुरु हुँदैछ, जसले ओरेगन र वाशिंगटनमा चिसो वर्षा र बरफबारीको अनुमान गरिएको छ । हप्ताको अन्त्यसम्म यस क्षेत्रको भित्री भागमा भारी हिमपातको अनुमान गरिएको छ । हिमपातले विद्युत आपूर्तिमा अवरोध र सडक अवरुद्ध हुँदा हजारौं मानिसहरूलाई असर गरिरहेको छ। शुक्रबार मध्यपश्चिमदेखि पूर्वसम्म थप हिउँ जम्ने सम्भावना छ । यस हप्ताको सुरुमा एक इन्च हिउँको लागि लगभग दुई वर्षको पर्खाइ समाप्त भएपछि फेरि वाशिंगटन, डीसी र न्यु योर्क सिटीमा पनि हिमपात हुनसक्ने जनाइएको छ । दक्षिणमा न्यासभिल, लेक्सिङटन र चार्ल्सटन, वेस्ट भर्जिनियामा बिहीबार जाडो मौसमका अलर्टहरू जारी गरिएको छ ।

चिसो वर्षा र प्यासेफिक नर्थवेष्ट हावाका कारण ओरेगनमा बुधवार बिहान चिसो तापक्रमको बीचमा ८५ भन्दा बढी घर र व्यवसायहरूमा बिजुली आपूर्ति बन्द भयो । बुधबार साँझसम्म ओरेगनमा बिजुली आपूर्ति बन्द ५० हजार भन्दा तल झरेको थियो। बरफ भरिएको बाटो र ढालिएका रूखहरू तथा बिजुली लाइनहरूले खतरनाक यात्रा अवस्थाहरू सिर्जना गरेको थियो । जसले मंगलबार राती र बुधबार सडक बन्द भएका थिए ।

आयोवाको मौषम (एपी फोटो/ क्यारोलिन कास्टर)

यता हिउँ चेतावनीहरू न्युयोर्कको बफेलोमा बिहीबार रातिसम्म प्रभावकारी छन्, जहाँ केही क्षेत्रमा ९ देखि १८ इन्चसम्म थप हिउँ जम्मा हुन सक्छ। वरपरका क्षेत्रमा १ देखि ३ फिटसम्म हिमपात र ४० माइल प्रतिघण्टासम्म हावा चलेको देख्न सकिन्छ। बुधवार बिहानसम्म न्युयोर्कको दक्षिण बफेलोको लकवान्नामा ३० इन्चभन्दा बढी हिउँ परेको थियो। यात्रा धेरै गाह्रो र असम्भव हुनसक्ने चेतावनी दिइएको छ । खतरनाक अवस्थाले बिहानको आवतजावतलाई असर मौसम सेवाले चेतावनी दिएको छ। शून्य भन्दा कम तापक्रमले हाइपोथर्मिया हुन सक्ने चेतावनी दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com