न्युयोर्क सिटीमा ‘सिरियल चक्कु आक्रमणकारी’ गिरफ्तार, आक्रमणकारी अस्पतालको कर्मचारी


प्रकाशित मिति : माघ ४, २०८० बिहीबार

न्युयोर्क सिटीमा श्रृंखलावद्ध रुपमा चक्कु आक्रमण गर्ने एक सिरियल आक्रमणकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । यो आक्रमणकारीले न्युयोर्क सिटीका बासिन्दालाई आतंकित गर्ने रक्तपातपूर्ण नौ दिनमा कम्तिमा पाँच जनालाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

२७ वर्षीय जर्मेन रिगुउरलाई बुधवार क्वीन्समा पक्राउ गरिएको थियो । प्रहरी अधिकारीहरूले आक्रमणकारीलाई पत्ता लगाउन जनताको सहयोगको लागि अनरोध गरेको केही घण्टा पछि उसलाई पक्राउ गरिएको हो ।

हत्या प्रयास लगायतका अभियोगहरूको सामना गर्ने रिगुउरले बेड स्टुईको वुडहुल अस्पतालमा अभिवादन गर्ने व्यक्तिका रुपमा जागिर गर्दै आएको जनाइएको छ । सीसीटिभी भिडियोमा आक्रमणकारीको घाँटीमा देखाइएको आईडी झुण्डाउने डोरी उक्त अस्पतालको परिचयपत्र रहेको खुलेको छ । उक्त परिचयपत्र रिगुउरले पक्राउ पनि लगाएको जनाइएको छ ।

उक्त व्यक्तिको छुरा प्रहारबाट चार पुरुष र एक महिला घाइते भएका थिए । घाइतेहरु सबै क्वीन्सका बासिन्दाहरु रहेको प्रहरीले जनाएको छ । उक्त व्यक्तिले गरेका चक्कु आक्रमणहरूमा डरलाग्दो समानता थियो । पीडितहरूले आफूलाई पछाडिबाट मुक्का हानेजस्तो महसुस गर्दा उनीहरूमाथि छुरा प्रहार भइसकेको हुन्थ्यो ।

एकजना पीडितको अगाडिमात्र आक्रमणकारी हाँसेको थियो । अन्यथा अरुलाई छुरा प्रहारपछि आक्रमणकारी आफैसँग गुनगुनाएको सुनिएको थियो । आक्रमणहरू बुधबार एक घण्टाको अवधिमा तीनवटा छुरा प्रहारमा परिणत भएका थिए ।

आक्रमणहरू मंगलबार बिहानै जारी रहेका थिए । १५७ औं स्ट्रीट र १३७ औं एभिन्यू नजिक घर हिंड्दै गरेका ६१ घद्ध वर्षीया व्यक्तिले आफूलाई पछाडिबाट मुक्का मारेको जस्तो महसुस भएको बताएका थिए । तर उनीमाथि छुरा प्रहार भएको थियो ।

अर्को एउटा छुरा प्रहारबाट आक्रमण बुधबार बिहान विलियम्सबर्गको जे ट्रेनमा भएको थियो । यो घटनापनि सम्भावित रूपमा यही व्यक्ति जोडिएको रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधवार बिहान पनि एकपछि अर्को आक्रमण भएको थियो । बिहान साढे ७ बजे आक्रमणकारीले आफ्नी श्रीमतीसँग पछाडि हिँडिरहेका ७१ वर्षीय वृद्धलाई छुरा प्रहार गरेको थियो ।
त्यसपछि आक्रमणकारी १३४ औं एभिन्यूबाट दौडियो र १६१ औं सडकमा पुगेर अर्को आक्रमण गरेको थियो । त्यसपछि र्खर आफ्नो कार सार्न बाहिर निस्को एक ४१ वर्षीय पुरुषको पेटमा छुरा हानेको थियो ।

पच्चीस मिनेट पछि आक्रमणकारी पार्सन बुलेभार्ड र आर्चर एभिन्यूको नजिक उत्तरतर्फ जाँदै गरेको एमटीए बसमा थियो । त्यसपछि उक्त चक्कु बोकेको व्यक्तिले एक सिटमा रहेका यात्रुसँग बहस गर्न थालेको थियो । विवादपछि दुबै बसबाट बाहिर निस्के । आक्रमणकारीले त्यसपछि काममा जाँदै गरेका ती ३६ वर्षीय यात्रुलाई छुरा प्रहार गरेको थियो ।

आक्रमणकारी रिगुउरले हत्या प्रयासको तीनवटा, कुटपिटको चारवटा, कुटपिटको प्रयासको एक र हतियार राख्ने चारवटा अपराधिक मुद्दाहरू सामना गर्ने प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com