न्युयोर्कको क्वीन्समा एकाविहानै दुई पुरुषमाथि पछाडिबाट चक्कु प्रहार


प्रकाशित मिति : माघ ३, २०८० बुधबार

न्युयोर्कको क्वीन्समा एकाविहानै दुई पुरुषमाथि पछाडिबाट चक्कु प्रहार भएको छ । बुधवार बिहान दोहोरो छुरा प्रहारबाट ७५ बर्षका र ४१ बर्षका पुरुषहरु घाइते भएका छन् । उनीहरुको स्थीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमण बिहान साढे ७ बजे स्प्रिंगफिल्ड गार्डनमा भएको प्रहरीले बताएको छ । प्रहरीले दुई जना घाइते पुरुषहरूलाई गाई आर ब्रेवर बुलभार्ड र १३४ औं एभिन्यू नजिक फेला पारेको अधिकारीहरूले बताएका छन्।

NYPD white and blue NYPD SUV

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म के जानकारी प्राप्त भयो भन्नेबारे प्रहरीले केही बताएको छैन । कुनै संदिग्धबारे पनि प्रहरीले जानकारी दिएको छैन ।

क्वीन्समा नयाँ बर्षकै दिनमा भएको छुरा प्रहारको घटनामा ज्याक्सनहाइटमा एकजनाको मृत्यु भएको थियो । नेपालमा समेत बसेर अमेरिका आएका युवा छिरिङ वाङदुमाथि ज्याक्सनहाइटमा नयाँ बर्षको स्वागत लगत्तै चक्कु प्रहार भएको थियो । घटनामा उनका साथी घाइते भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com