न्युयोर्क सिटीको ब्रुकलिनमा प्रहरीकै हतियार खोसेर दुई प्रहरी अधिकारीमाथि गोली प्रहार


प्रकाशित मिति : माघ २, २०८० मंगलबार

मंगलबार दिउँसो न्युयोर्क सिटीको ब्रुकलिनमा दुई प्रहरी अधिकारीलाई गोली हानिएको छ । दिउसो साढे ३ बजेर २० मिनेटमा ब्राउन्सभिलको बर्गन स्ट्रीट र साराटोगा घटना भएको प्रहरीले जनाएको छ ।

एक अधिकारीको हातमा गोली लागेको छ भने अर्काको खुट्टामा चोट लागेको छ । दुबै अधिकारीहरूलाई अस्पताल लगिएको छ भने बाँच्ने आशा गरिएको छ।

प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गोलीकाण्डको अवस्था तत्काल स्पष्ट भएको छैन। आपतकालीन टोली घटनास्थलमा हुँदा प्रहरीले चालकहरूलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ भने यातायातमा ढिलाई हुनसक्ने जनाएको छ ।

संदिग्धले एक प्रहरीको बन्दुकमा हात लगेर बन्दुक खोस्न सफल भएको थियो । त्यसपछि घटनास्थलमा रहेका अन्य प्रहरीले संदिग्धलाई गोली हानेका थिए । घटनाबारे थप जानकारी तत्काल सार्वजनिक गरिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com