आयोवा ककसमा चौथो भएपछि विवेक रामास्वामीले छाडे राष्ट्रपतिको दौड, ट्रम्पलाई इन्डोर्स


प्रकाशित मिति : माघ २, २०८० मंगलबार

चर्चामा रहेका ३८ बर्षका उद्यमी र राजनीतिक नवागन्तुक विवेक रामास्वामीले आयोवा ककसमा निराशाजनक चौथो स्थान प्राप्त गरेपछि रिपब्लिकनका तर्फबाट राष्ट्रपतिको उम्मेदबारका लागि भइरहेको दौड छाडेका छन् । उनले तत्कालै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उम्मेदबारका लागि समर्थन गरेका छन् । आयोवा ककसमा डेलिभर गर्न चाहेको आश्चर्य हासिल गर्न नसकेको भन्दै उनी मैदानबाट बाहिरिएका हुन् ।

आफ्नो व्यक्तिगत सम्पत्तिबाट ठूलो हिस्सा चुनावी अभियानमा खर्च गरिरहेका रामास्वामी एक बिन्दुमा एक असम्भव दावेदार देखिउका थिए । उनी ट्रम्पसँग घनिष्ठ भएका थिए । ट्रम्प अपराधको दोषी ठहरिए पनि उनलाई समर्थन गर्ने वाचा गर्दै रामास्वामीले ह्वाइट हाउसमा निर्वाचित भएमा ट्रम्पलाई आममाफी दिने वाचा गरेका थिए । उनले ट्रम्पलाई हटाइएका राज्यहरूको मतपत्रबाट स्वेच्छाले आफ्नो नाम हटाउने वाचा पनि गरेका थिए ।

चुनावी अभियानका क्रममा विवेक रामास्वामी । फोटो: जो रेडल/ गेटी मार्फत एएफपी

रामास्वामीले ट्रम्पको अमेरिका फर्स्टको एजेन्डालाई पूर्व राष्ट्रपति ट्रम्पले भन्दा अझ अगाडि लैजाने बताउदै आएका थिए । उनले कार्यकारी आदेशबाट शिक्षा मन्त्रालय, आईआरएस र एफबीआई खारेज गरेर ७५ प्रतिशत कर्मचारी हटाउने तथा युक्रेन, इजरायल र ताइवानबाट अमेरिकी सैन्य प्रतिवद्धता फिर्ता लिने घोषणा गरेका थिए । उनको अलगाववादी विदेश नीतिले प्रतिद्वन्द्वीहरूलाई उनीमाथि आक्रमण गर्ने बलियो आधार दिएको थियो ।

सोमबारबो आयोवा ककसमा ८ हजार ४ सय ४९ मतका साथ चौथो स्थानमा आएका रामास्वामीको भागमा ३ जना मात्र डेलिगेट परे । जबकी ट्रम्पको हिस्सामा ५१ प्रतिशत मत आयो भने रोन डिसेन्टिसले जम्मा २१ प्रतिशत मत पाए । निक्की हेलीले भने १९ प्रतिशत मत पाइन् । ५६ हजार २६० मतका साथ २० डेलिगेट ट्रम्पको भागमा परे भने २३ हजार ४ सय २० मतका साथ डिसेन्टिसको भागमा ९ जना डेलिगेट परे । २१ हजार ८५ मतका साथ निक्की हेलीका भागमा ८ डेलिगेट परे । अगाडिको बाटो अन्धकार देखेपछि रामास्वामी चुनावी मैदानबाट हटेका हुन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com