आयोवामा ट्रम्पको ठूलो जित, अघिल्लो पटक हारेका ट्रम्पले यसपटक पाए ५१ प्रतिशत मत


प्रकाशित मिति : माघ २, २०८० मंगलबार

डोनाल्ड ट्रम्प रिपब्लिकन उम्मेदवारी जित्ने ट्र्याकमा भए नभएकोबारेको प्रश्नको जवाफ अब सोमबार राती आयोवाका मतदाताहरूले दिएका छन् । रिपब्लिकन पार्टीमा उनको प्रभुत्वको अहिलेसम्मको सबैभन्दा ठोस प्रमाण प्रस्तुत गर्दै राष्ट्रको पहिलो आयोवा ककसले उनलाई व्यापक जित दिलाएको छ ।

लगभग सबै मत गणनाहुादा ट्रम्पको हिस्सामा ५१ प्रतिशत मत आएको छ भने रोन डिसेन्टिसले जम्मा २१ प्रतिशत मत पाएका छन् । निक्की हेलीले भने १९ प्रतिशत मत पाइन् । ५६ हजार २६० मतका साथ २० डेलिगेट ट्रम्पको भागमा परेका छन् भने २३ हजार ४ सय २० मतका साथ डिसेन्टिसको भागमा ९ जना डेलिगेट परे । २१ हजार ८५ मतका साथ निक्की हेलीका भागमा ८ डेलिगेट परेका छन् । विवेक रामास्वामी ८ हजार ४ सय ४९ मतका साथ चौथो स्थानमा आए भने उनको भागमा ३ जना डेलिगेट परेका छन् ।

यो नतिजा अचम्मको वा अप्रत्याशित भने होइन, तर ट्रम्पको विजय अझै पनि उल्लेखनीय छ। एक वर्ष पहिले आयोवा ट्रम्पको लागी अधिक कठिन देखिन्थ्यो। आठ वर्षअघि आयोवाका मतदाताहरूले टेड क्रुजको पक्षमा मत हाल्दै ट्रम्पलाई अस्वीकार गरेका थिए। त्यतीबेला बाँकी देशको विपरीत आयोवाले ट्रम्पको पछाडि जान अस्वीकार गरेको थियो । तर अब यो दृश्य बदलिएको छ ।

आयोवा ककसमा बोल्दै निक्की हेली । रिपब्लिकन राष्ट्रपति मनोनयन प्रक्रियामा पहिलो प्रतिस्पर्धाको लागि आयोवामा मतदान हुँदा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोवा ककस जितेका छन्। फोटो: विन मैकनेमी/गेटी इमेज मार्फत एपी

ट्रम्पले यसपटक ३० अंकको अन्तरले विजयी भएर आयोवा रिपब्लिकन ककसको लागि कीर्तिमान बनाएका छन् । डिसेन्टिस र हेली दुबैले बलियो दोस्रो स्थान समेत बनाउन सकेनन्, जुन ट्रम्पका लागि अझै राम्रो हो । ट्रम्पको निर्णायक विजय श्रमिक वर्ग र ग्रामीण मतदाताहरू बीचको उनको सामान्य शक्तिमा आधारित थियो, जसले आयोवा मतदाताको अग्रता बनाएको थियो। आयोवाका ग्रामीण इलाकामा एकपछि अर्को काउन्टीमा ट्रम्पले ६० प्रतिशत भन्दा बढी भोट प्राप्त गरे । अझ कति स्थानमा त उनले ७० प्रतिशतसम्म भोट प्राप्त गरे ।

आयोवाले डिसेन्टिसको उम्मेदबारीलाई भने एक गम्भीर झटका दिएको छ । उनी आयोवाका लागि एकदमै उपयुक्त पात्र देखिन्थे किनकि ककस मतदाताले सामान्यतया वैचारिक रूपमा रूढिवादी उम्मेद्वारहरूलाई समर्थन गर्दछन् । तर उनको अभियानमा गरेका कुनैपनि गतिविधिले मतदातालाई फरक पारेन । उनको अगाडिको बाटो अब अन्धकार देखिएको छ । कुनै पनि आगामी प्रतिस्पर्धाले स्पष्ट रूपमा उनलाई जितको राम्रो मौका प्रदान गर्दैन । र उनको पोल नम्बरहरू अगाडिका राज्यहरूमा अझ कमजोर छन्।

यदि उनले आयोवामा पनि प्रतिस्पर्धा गर्न सकेनन् भने अब कहाँ सक्छन् भनेर कल्पना गर्न गाह्रो छ। यसले उनी राष्ट्रपति उम्मेदबारको दौडमा जारी रहने वा नरहने भन्ने प्रश्न खडा गरेको छ । यद्यपि उनले आफू मैदानमा नै रहेको बताएका छन्। अब निक्की हेलीले ट्रम्पको निकटतम प्रतिद्वन्द्वीका रूपमा डिसान्टिसलाई उछिनेकी छिन् ।

आयोवा ककसमा बोल्दै रोन डिसेन्टिस । फोटो: अन्ना मनीमेकर/ गेटीमार्फत एएफपी

आयोवामा हेलीका लागि तेस्रो स्थानमा पुग्नु निराशाजनक भएपनि गम्भिर भने होइन। उनले कलेजबाट शिक्षित, स्वतन्त्र र उपनगरीय मतदाताहरू बीच महत्त्वपूर्ण शक्ति देखाएकी छिन् । जो लामो समयदेखि ट्रम्पको सबैभन्दा ठूलो शंकामा थिए। चार वर्षको कलेज डिग्री लिएका अधिकांश बासिन्दाहरू भएको स्थानमा उनले ट्रम्पलाई सहज अन्तरले पराजित गरेकी छिन् । उनले मध्यम खालका रिपब्लिकनहरुको ६४ प्रतिशत मत जितिन्।

मध्यम र कलेज स्नातकहरू बीच हेलीको बल आयोवामा दोस्रो हुनको लागि पर्याप्त भने भएन । तर यस्ता मतदाताहरूले प्राइमरी मतदाताहरूको धेरै ठूलो हिस्सा प्रतिनिधित्व गर्नेछन्। अर्को हप्ता न्यू ह्याम्पशायर सहित ठूलो संख्यामा स्वतन्त्र मतदाताहरूको साथ अपेक्षाकृत राम्रो शिक्षित राज्यहरूमा प्रतिस्पर्धा गर्न उनको लागि पर्याप्त सहज हुनसक्ने देखिएको छ ।

आयोवामा ककस रातको कार्यक्रममा बोल्दै ट्रम्प । फोटो:  चिप सोमोडेभिल्ला/ गेटी मार्फत एएफपी

तर परिणामहरूले उनको अपील असाधारण रूपमा संकीर्ण भएको तथा मध्यम र उच्च शिक्षित मतदाताहरूमा मात्र सीमित भएको पुष्टी भएको छ। उनी नियमित रूपमा ग्रामीण, मजदुर वर्गीय क्षेत्रहरूमा १० प्रतिशत मतदानमा पुग्न पनि असफल भइन्। उनले कलेजमा नजाने मतदाताहरूमध्ये केवल ९ प्रतिशत जितिन्। हेलीका लागि आफ्नो अपिललाई ठूलो मात्रामा विस्तार नगरी राष्ट्रपतिका लागि मनोनयन जित्ने कुनै बाटो छैन।

आफ्नो विजयी भाषणमा, ट्रम्पले असामान्य रूपमा उत्साहित स्वरमा डिसेन्टिस र हेलीमाथि प्रहार गरे। ट्रम्पले डिसेन्टिस र हेलस्ी दुवैले वास्तवमा धेरै राम्रो गरेको भन्दै उनीलाई बधाई दिए । हेलीले ट्रम्पलाई बधाई दिएपनि अमेरिकाले फेरि ट्रम्प र बाइडेनबीचको चुनाव नचाहेको बताइन् । दुबैसँग हाम्रो देशको भविष्यको लागि दृष्टिकोणको कमी भएको र दुबै विगत, अनुसन्धान, प्रतिशोध, गुनासोद्वारा भरिएको बताइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com