ट्रम्पका आलोचक न्यू जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टी राष्ट्रपतिको दौडबाट बाहिर


प्रकाशित मिति : पुस २५, २०८० बुधबार

न्यू जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टीले राष्ट्रपति उम्मेदबारका लागि रिपब्लिकनको प्राइमरी दौडबाट बाहिर निस्केको घोषणा गरेका छन् । क्रिस्टीको घोषणाले निक्की हेलीलाई न्यू ह्याम्पशायरमा समर्थन बढाउन ठाउँ बनाउन सक्ने अपेक्षा गरिएको छ, जहाँ क्रिस्टीले ट्रम्प विरोधी रिपब्लिकन मतदाताहरूको एक हिस्सा समातेका थिए।

रिपब्लिकन प्राइमरीमा नोमिनेशन जित्ने बाटो नभएकाले चुनावी दौडबाट बाहिरिएको क्रिस्टीले मतदाताहरूलाई बताएका थिए । त्यसैले राष्ट्रपतिको लागि आफ्नो चुनावी अभियान स्थगित गरेको उनले घोषणा गरेका थिए । तर उनले कुनै पनि हालतमा डोनाल्ड ट्रम्पलाई अमेरिकाको राष्ट्रपति बन्न बाटो खोल्ने काम नगर्ने उनले बताए ।

निक्की हेलीले  आयोवामा बोल्दै। (मिशेल गुटिरेज़ द देस मोनिस रजिस्टर मार्फत एपी) 

क्रिस्टीले तत्काल अर्को कुनै आकांक्षीलाई इन्डोर्स गर्ने अपेक्षा गरिएको छैन । उनले कुनै घोषणा गर्नु अघि सोमबार हुने आयोवा ककस पर्खन चाहेको जनाइएको छ । उनले निक्कीसँग यस विषयमा छलफल नगरेको जनाइएको छ ।

यो निर्णयले रिपब्लिकन प्राइमरी अभियानमा ट्रम्पका सबैभन्दा उच्च प्रोफाइल आलोचकलाई हटाएको छ । क्रिस्टीले रिपब्लिकन बहसहरूमा बूस र क्याटकल्सको सामना गरेका थिए, जब उनी पूर्व राष्ट्रपति ट्रम्प बिरूद्ध आफ्नो सन्देशमा अडिग थिए।

(एपी फोटो / रोबर्ट एफ. बुकाटी)

क्रिस्टीको उम्मेदबारी फिर्ताले हेलीलाई सहयोग गर्नसक्छ । किनभने उनले पनि ट्रम्पको आलोचना गरेकी छिन् । हेली र क्रिस्टी दुबै न्यु ह्याम्पशायरको जनवरी २३ को ओपन प्राइमरी अगाडिका सर्वेक्षणहरुमा राम्रो स्थानमा देखिएका थिए ।

न्यु ह्याम्पशायरमा हेली ट्रम्पका लागि मुख्य खतराको रूपमा देखा पर्दा केही ट्रम्प विरोधी रिपब्लिकन प्राइमरी मतदाताहरूलाई क्रिस्टीसँग अडिग रहन समस्या भएको थियो । उनीहरुमध्ये केहीले आफ्नो हृदय गभर्नर क्रिस्टीलाई भोट गर्न चाहेपनि दिमागले निक्की हेलीलाई भोट गर्न चाहेको बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com