उबर चालक लगायतका लागि यसै साता नयाँ नियम ल्याउने तयारीमा बाइडेन प्रशासन


प्रकाशित मिति : पुस २३, २०८० सोमबार

person holding iphone 6 inside car

उबर र लिफ्ट चालक लगायतका एप्लीकेशनबाट काम गर्नेहरुकालागि बाइडेन प्रशासनले यसै साता नयाँ नियम ल्याउने भएको छ । यसबाट डोरड्यास लगायतका कम्पनीहरु समेत प्रभावित हुने भएका छन् । नयाँ नियमले लाखौं चौकीदारहरू, घर हेरचाह गर्ने, निर्माण कामदारहरू र उबर ड्राइभरहरूलाई स्वतन्त्र कन्ट्रयाक्टरको सट्टा कर्मचारीका रूपमा वर्गीकृत गर्ने भएको छ । अर्थात् नयाँ नियमले एप्लीकेशनमा काम गर्नेहरुलाई स्वतन्त्र कन्ट्रयाक्टरका रुपमा राख्न गाह्रो बनाउनेछ ।

सन् २०२२ मा पहिलो पटक प्रस्ताव गरिएको र कानुनी चुनौतीहरूको सामना गर्ने सम्भावना रहेको नियमले कामदारहरूलाई कम्पनीमा आर्थिक रूपमा निर्भर हुँदा कन्ट्रयाक्टर भन्दा बढी लाभ र कानुनी सुरक्षाको हकदार कर्मचारीहरू मानिनुपर्ने व्यवस्था गर्नेछ । यो नियमबाट धेरै प्रकारका उद्योगहरू प्रभावित हुनेछन्, तर एपमा आधारित सेवाहरूमा यसको सम्भावित प्रभावले सबैभन्दा बढी ध्यान केन्द्रित गरेको छ। यसको प्रस्तावित नियम आउँदा उबर, लिफ्ट, डोरड्यास लगायतको शेयर घटेको थियो ।

यो नियमले कामदारहरूको लागि लचिलोपन घटाउनेछ, जसको परिणामस्वरुप पैसा कमाउने अवसरहरू गुम्ने छन् । नयाँ नियम अनुशार कम्पनीहरूले कर्मचारीहरूलाई निश्चित सुविधाहरू र सुरक्षाहरू प्रदान गर्न आवश्यक छ । तर स्वतन्त्र कन्ट्रयाक्टरलाई भने त्यस्तो सुविधा दिनु पर्दैन । कम्पनीले कामदारलाई न्यूनतम ज्याला, ओभरटाइम, कामदारको सोसल सेक्युरिटी करको अंश र बेरोजगारी बीमामा योगदान दिनुपर्छ ।

man driving vehicle with GPS system turned on

यो नियमले ट्रम्प प्रशासनको नियमलाई प्रतिस्थापन गर्दछ । ट्रम्प प्रशासनको नियममा एप्लीकेशनबाट काम गर्नेहरुलाई व्यवसायले स्वतन्त्र कन्ट्रयाक्टरका रुपमा बर्गिकृत गर्न पाउने व्यवस्था रहेको थियो । सम्भवतः नयाँ नियमलाई चुनौती दिने मुद्दाहरू पर्ने कानुनविदहरुको भनाई छ । संघीय कानूनले एजेन्सीहरूलाई विद्यमान नियमहरू फिर्ता लिने र प्रतिस्थापन गर्ने निर्णयलाई पर्याप्त रूपमा व्याख्या गर्न आवश्यक छ।

बाइडेन प्रशासनले ट्रम्पकालिन नियमले अमेरिकी ज्याला कानूनको उल्लङ्घन गरेको र दशकौंको संघीय अदालतका निर्णयहरूको उल्लंघन भएको बताएको थियो । केही उद्योगहरूमा कामदारहरूको व्यापक गलत वर्गीकरणको विरूद्ध लड्न थप कडा मानक आवश्यक रहेको कामदारका अधिकारकर्मीहरु बताउँछन् ।

गत वर्षको एक रिपोर्टमा कन्ट्रयाक्टरका रूपमा व्यवहार गर्ने ट्रक चालकले कर्मचारी मानिने व्यक्तिको तुलनामा प्रति वर्ष १८ हजार डलर कम कमाउने अनुमान गरेको थियो । जबकि कन्ट्रयाक्टरका रुपमा निर्माण मजदुरहरूको आम्दानी लगभग १७ हजारले कम हुने र गृह स्वास्थ्य सहयोगीहरूको आम्दानी कन्ट्रयाक्टरका रुपमा ९ हजार ५ सय कम हुने अनुमान गरिएको थियो । नयाँ नियम लागु भएपछि उनीहरुले बढी कमाउनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com