न्युयोर्कको क्वीन्समा घरमा आगलागी, आमालाई बचाउन भित्र जाँदा छोराको समेत मृत्यु


प्रकाशित मिति : पुस २३, २०८० सोमबार

न्युयोर्कमा क्वीन्सको एक घरमा सोमबार साँझ आगलागी हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। जमैकाको १६४ औं स्ट्रिटमा रहेको एउटा घरमा साँझ ६ बजे आगलागी भएको हो ।

६० वर्षका पुरुष र ८० वर्षकी महिलाको आगलागीमा मृत्यु भएको अधिकारीहरूले बताएका छन्। आगलागीपछि घरबाट बाहिर निस्किन सफल भएका ती पुरुष आमालाई बचाउने प्रयास गर्न घरभित्र पसेपछि आमाछोराको नै मृत्यु भएको हो ।

अग्नी नियन्त्रकहरुले घरभित्र चिकित्सा उपकरणहरू फेला पारेका थिए । जसबाट महिलाको हिडडुल गर्ने क्षमता कम भएको अनुमान गरिएको छ । भिडियोहरुम घरबाट धुवाँ निस्किरहेको देखिएको छ भने अग्नि नियन्त्रकहरूले आगो निभाउन प्रयास गरिरहेका थिए। आगो घरको सबै तहमा फैलिएको अधिकारीहरूले बताएका छन्।

प्रत्यक्षदर्शीले जताततै आगो निस्किरहेकोदेखेपछि ९११ मा फोन गरेको बताएका छन् । आगो डेढ घण्टापछि नियन्त्रणमा आएको अधिकारीहरुले जनाएका छन् । आगो निभाएपनि घरको अधिकांश भाग जलेर नष्ट भएको छ ।

अधिकारीहरुले आगलागीको कारण र कसरी यति छिटो फैलियो भन्नेबारे अनुसन्धान गरिरहेको बताएका छन् । अधिकारीहरूले मानिसहरूलाई आगोबाट बाहिर निस्केपछि कहिल्यै आगो भएतिर नफर्कन आग्रह गरेका छन् ।

अग्नी नियन्त्रक अधिकारीले भने -‘एक पटक तपाई सुरक्षित रूपमा घरबाट बाहिर निस्केपछि भित्र नजानुहोला । हामी खबर पाएको साढे दुई मिनेटमा घटनास्थलमा पुगेका थियौं । हामी घटनास्थालमा छिटो आइपुग्नेछौं र प्रतिक्रिया दिनेछौं । हामी मानिसहरूलाई सहयोग गर्नेछौं ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com