अमेरिकामा समयमै ट्याक्स फाइल नगरे कस्तो सजाय वा जरिवाना हुन्छ?


प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार

अमेरिकामा समयमै ट्याक्स फाइल नगरेको खण्डमा जरिवाना समेत हुनसक्छ । ट्याक्स तिर्नुपर्ने व्यक्तिले समयमा नै ट्याक्स फाइल नगरेको खण्डमा वा ट्याक्स फाइल गरेर तिर्नुपर्ने रकम नतिरेमा भने ब्याज र जरिवाना तिर्नुपर्ने हुन्छ । ट्याक्स फाइल नगरेको खण्डमा जरिवाना रकम जति महिना ढिलो हुन्छ, त्यती महिना हरेक महिना तिर्नुपर्ने ट्याक्स रकम बढ्दै जान्छ ।

यदि करदाताले ट्याक्स फाइल गरेर रिफण्डको अपेक्षा गरेका छन् र उनीहरुले सरकारलाई ट्याक्स रकम तिर्नुपर्ने अवस्था छैन भने उनीहरुलाई संघीय ट्याक्स फाइल नगरेका कारण कुनै सजायको व्यवस्था छैन । तर उनीहरुले नागरिकता आवेदन दिंदा वा अन्य सुविधाका लागि आवेदन दिंदा ट्याक्स फाइल नगरेका कारण समस्या भने पर्नसक्छ । साथै उनीहरुले संघीय सरकारबाट पाउने रिफण्ड रकमबाट समेत बञ्चित हुनेछन् ।

black ceramic mug beside white printer paper

कम आम्दानी हुनेहरुलाई संघीय सरकारबाट कुनै सजाय नभएपनि राज्यबाट सजाय हुनसक्ने भएकाले आफ्नो राज्यको नियमबारे ध्यान दिन जरुरी छ । कतिपय राज्यहरुले ढिलो फाइल गर्नेहरुलाई जरिवाना तिराउने व्यवस्था छ ।

प्रयाप्त रकम नभएका कारण करवापतको रकम तिर्न नसकेका कारण करदातालाई जेल हालिदैन । तर ट्याक्स रिटर्न फाइल नगरेमा वा ट्याक्स फाइल गर्दा विवरण ढाँटेमा भने कर छलीका कारण वा जालसाजीका कारण आपराधिक अभियोग लाग्नसक्छ । त्यसैले तिर्ने रकम छैन भने पनि समयमै ट्याक्स फाइल गर्न र रकम तिर्नका लागि योजना बनाउन सुझाव दिइएको छ ।

रिफण्ड पाउने करदाताहरुले उक्त रिफण्ड प्राप्त गर्नकालागि ३ बर्षको अवधि हुन्छ । अर्थात् तीनबर्षभित्र दावी नगरे उनीहरुले उक्त रिफण्ड रकम प्राप्त गर्न सक्दैनन् । डेडलाइन समाप्त भएपछि उक्त रकम ट्रेजरीमा फिर्ता जान्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com