क्वीन्समा एकाविहानै आक्रमणकारीले काटे एकजनाको हात, एल्महर्स्ट अस्पतालमा भर्ना


प्रकाशित मिति : पुस २१, २०८० शनिबार

गएराती न्युयोर्कको क्वीन्समा एक व्यक्तिलाई छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ । पीडितको उमेर उपलब्ध भएको छैन । शनिबार बिहान सबा ३ बजे क्वीन्स बुलभर्ड र ४६ स्ट्रीटमा बायाँ हातमा छुरा प्रहार गरिएको जनाइएको छ ।

प्रहरीले खैरो रंगको एसयूभीमा चढेका दुईजनाको खोजी गरिरहेको छ । पीडितलाई एल्महर्स्ट अस्पतालमा लगिएको र स्थिर अवस्थामा उपचार भइरहेको जनाइएको छ । नयाँ बर्षसँगै न्युयोर्क सिटीमा उल्लेख्य आक्रमण र हत्याका घटनाहरु भइरहेका छन् ।

यस अगाडि गत मंगलबार ब्रुकलिनमा एक १५ बर्षका टिनएजरको गोली हानेर हत्या गरिएको थियाृ । नयाँ बर्ष २०२४ सुरु भएदेखि न्युयोर्क सिटीमा यो दोस्रो रिपोर्ट गरिएको हत्याको घटना थियो ।

क्यानर्सीको १०२ औं स्ट्रिटको बे भ्यू हाउस बाहिर मङ्गलबार अबेर राति १५ वर्षीय जेभेल लटनको गोली लागेर मृत्यु भएको थियो । प्रहरी अधिकारीहरूले राति ९ बजेतिर कसैलाई गोली हानेको ९११ कलको जवाफ दिएका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा लटनलाई बन्दुकको गोली लागेको घाउसहित भेटाएका थिए । लटनलाई तत्कालै ब्रुकडेलमा रहेको अस्पतालमा लगेपछि डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए ।

नयाँ वर्षको दिनको शुरुवातमा क्वीन्सको ज्याक्सनहाइटमा रहेको केटीएम बार बाहिर २९ वर्षीय छिरिङ वाङदुको छुरा प्रहार गरी हत्या भएको घटनापछि लटनको हत्या न्युयोर्क सिटीमा २०२४ मा भएको दोस्रो हत्या थियो ।

टाइम्स स्क्यावयरमा बल खसालेर नयाँ बर्षको स्वागत गरिएको केही घण्टापछि विहान ४ बजे क्वीन्सको ज्याक्सनहाइटमा छुरा हानाहानमा छिरिङ वाङदुको मृत्यु भएको थियो । ज्याक्सन हाइट्सको बारबाहिर खुट्टामा छुरा प्रहार गर्दा वाङ्दुको मृत्यु भएको थियो भने ३० बर्षका उनको साथीको छातीमा छुरा प्रहार पछि गम्भीर अवस्थामा अस्पतालमा उपचार भइररहेको छ ।

बारभित्रका ग्राहकसँग झगडा भएपछि वाङडु र उनका ३० वर्षीय साथीलाई ७६ औं स्ट्रिट र रुजवेल्ट एभिन्यू नजिकैको बारबाट बाहिर निकालिएको थियो । झगडा बढ्दै गएपछि छुरा प्रहार भएको थियो । छुरा प्रहारपछि वाङ्दु र उनका साथीलाई एल्महर्स्ट अस्पतालमा लगिएको थियो, जहाँ वाङडुको १२ घण्टापछि सोमबार मृत्यु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com