न्युयोर्कको क्वीन्समा दिनदहाडै ३ वटा बैंकमा लुटपाट, लुटेराहरूको खोजी गर्दै प्रहरी


प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार

न्युयोर्कको क्वीन्समा तीनवटा बैंकमा डकैती र लुटपाटहरूपछि बैंक लुटेराहरूको गिरोहको प्रहरीले खोजि गरिरहेको छ । क्रिसमस पछि सुरु भएको डँकैती यो हप्तासम्म जारी रहेको थियो भने उनीहरुले कम्तीमा ६ हजार ३ सय डलर लुटेका छन् ।

बैंकमा पहिलो लुटपाट डिसेम्बर २६ को विहान पौने ११ बजे भएको थियो । दुई जना मानिस ओजन पार्कको १०१ एभिन्यूमा रहेको चेस बैंकमा गएर लुटेका थिए । लुटेराहरुमध्ये एकले नगद माग्दै टेलरलाई नोट दिएका थिए भने बदलामा करिब ४५ सय डलर प्राप्त गरे । त्यसपछि लुटेराहरू ९५ औं स्ट्रीट हुँदै उत्तरतर्फ भागेको प्रहरीले बताएको छ ।

अर्को डकैती मंगलबार भएको थियो । उक्त डकैतीको पनि यस्तै ढाँचा रहेको थियो । जमैका एभिन्यू नजिकैको १६४ औं स्ट्रिटमा दिउसो १२ बजेर १० मिनेटमा दुईजना मानिसहरू सिटी बैंकमा गएका थिए । तिनीहरूमध्ये एकले नगद माग्दै टेलरलाई नोट दिए । ती व्यक्तिले नगद जम्मा गर्ने ग्राहकबाट पनि १८ सय डलर लुटेको अधिकारीहरूले बताएका छन् ।

त्यसपछि ती पुरुषहरू भागेका थिए । अन्तिम पटक गाइ आर ब्रेवर बुलभर्डको दक्षिणमा देखिएका थिए । अन्तिम लुटपाट बुधबार बिहान ११ बजेर २५ मिनेटमा भएको थियो । तीनजना व्यक्तिहरू फ्रेश पोन्डस्थित मेट्रोपोलिटन एभिन्यूमा रहेको चेस बैंकमा गएर लुटपाटको प्रयास गरेका थिए ।

दुई व्यक्तिले नगद माग्दै टेलरलाई नोट पठाए, तर उनीहरु असफल भएका थिए । तीनै जनालाई अन्तिम पटक ट्राउटम्यान स्ट्रिटमा पश्चिमतर्फ दौडिरहेको देखिएको थियो । लुटेराहरुबारे कुनै जानकारी भएमा आफूहरुलाई जानकारी दिन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com