न्युयोर्क सिटीमा दोश्रो हत्या: ज्याक्सनहाइटमा छिरिङपछि गोली प्रहारबाट मारिए १५ बर्षका टिनएजर


प्रकाशित मिति : पुस १८, २०८० बुधबार

white and blue ford f 150

ब्रुकलिनमा एक १५ बर्षका टिनएजरको गोली हानेर हत्या गरिएको छ । नयाँ बर्ष २०२४ सुरु भएदेखि न्युयोर्क सिटीमा यो दोस्रो रिपोर्ट गरिएको हत्याको घटना भएको प्रहरीले जनाएको छ ।

क्यानर्सीको १०२ औं स्ट्रिटको बे भ्यू हाउस बाहिर मङ्गलबार अबेर राति १५ वर्षीय जेभेल लटनको गोली लागेर मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रहरी अधिकारीहरूले राति ९ बजेतिर कसैलाई गोली हानेको ९११ कलको जवाफ दिएका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा लटनलाई बन्दुकको गोली लागेको घाउसहित भेटाएका थिए । लटनलाई तत्कालै ब्रुकडेलमा रहेको अस्पतालमा लगेपछि डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए । गोली चलाउने व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।

नयाँ वर्षको दिनको शुरुवातमा क्वीन्सको ज्याक्सनहाइटमा रहेको बार बाहिर २९ वर्षीय छिरिङ वाङदुको छुरा प्रहार गरी हत्या भएको घटनापछि लटनको हत्या न्युयोर्क सिटीमा २०२४ मा भएको दोस्रो हत्या हो।

टाइम्स स्क्यावयरमा बल खसालेर नयाँ बर्षको स्वागत गरिएको केही घण्टापछि विहान ४ बजे क्वीन्सको ज्याक्सनहाइटमा छुरा हानाहानमा छिरिङ वाङदुको मृत्यु भएको थियो । ज्याक्सन हाइट्सको बारबाहिर खुट्टामा छुरा प्रहार गर्दा वाङ्दुको मृत्यु भएको थियो भने ३० बर्षका उनको साथीको छातीमा छुरा प्रहार पछि गम्भीर अवस्थामा अस्पतालमा उपचार भइररहेको छ ।

बारभित्रका ग्राहकसँग झगडा भएपछि वाङडु र उनका ३० वर्षीय साथीलाई ७६ औं स्ट्रिट र रुजवेल्ट एभिन्यू नजिकैको बारबाट बाहिर निकालिएको थियो । झगडा बढ्दै गएपछि छुरा प्रहार भएको थियो । छुरा प्रहारपछि वाङ्दु र उनका साथीलाई एल्महर्स्ट अस्पतालमा लगिएको थियो, जहाँ वाङडुको १२ घण्टापछि सोमबार मृत्यु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com