२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
ट्याक्स टिप्स

यी १२ राज्यहरूमा बस्ने अमेरिकीहरूले यस वर्ष कम कर तिर्ने

अमेरिकाका १२ राज्यका बासिन्दाहरुले यस वर्ष कम कर तिर्नेछन् । किनभने धेरै राज्यहरूले यस वर्ष आयकरहरू घटाउँदै छन् । जसका कारण धेरै अमेरिकीहरूले मुद्रास्फीतिसँग जुधिरहेको बखत खल्तीमा थप पैसा राख्न पाउने भएका छन् । १२ राज्यहरुमध्ये धेरैजसो रिपब्लिकनहरूको नेतृत्वमा रहेका छन् जसले यस वर्ष बासिन्दाहरूको लागि कुनै न कुनै रूपमा कर घटाउनेछन् ।

जनवरीको सुरुमा अर्कान्सासमा शीर्ष व्यक्तिगत आयकर दर गत वर्षको ४ दशमलव ९ प्रतिशतबाट घटाएर ४ दशमलव ४ प्रतिशतमा झारिएको छ । परिवर्तनले दर कटौतीलाई गति दिएको छ किनभने नयाँ दर २०२५ को कर वर्षमा सुरु हुने तय गरिएको थियो।

कनेक्टिकटले पनि यस वर्ष करदाताहरूलाई केही राहत दिनेछ । ३ प्रतिशतको व्यक्तिगत आयकर कोष्ठकलाई २ प्रतिशतमा कटौती गर्नुका साथै ५ प्रतिशतको कोष्ठकलाई घटाएर ४ दशमलव ५ प्रतिशतमा झारिएको छ । यद्यपि यो राहत १ लाख ५० हजार वा सोभन्दा बढी कमाउने व्यक्तिहरू वा ३ लाख डलदर वा सोभन्दा बढी कमाउने विवाहित जोडीहरूमा लागू हुँदैन।

त्यस्तै जर्जियाले पनि छवटा व्यक्तिगत आयकर दरहरू हटाएर ५ दशमलव ४९ प्रतिशतको फ्लैट कर दर लागु गरेको छ । इन्डियानाले पनि कर दर कटौतीलाई गति दिएको छ । व्यक्तिगत आयकर दरलाई ३ दशमलव १५ प्रतिशतबाट घटाएर ३ दशमलव शुन्य ५ प्रतिशतमा झारिएको छ ।

आयोवा बिस्तारै ३ दशमलव ९ प्रतिशतको योजनाबद्ध फ्लैट कर दर तर्फ अघि बढिरहेको छ, जुन २०२६ मा लागु गर्न चाहन्छ। २०२४ मा यसले शीर्ष सीमान्त कर दरलाई ५ दशमलव ७ प्रतिशतमा घटाउनेछ।

१० हजार डलरभन्दा बढी आम्दानी भएका मिसिसिपीका बासिन्दाहरूले यस वर्ष ४ दशमलव ७ प्रतिशतको एकल कर तिर्नेछन् । जुन ५ प्रतिशतको प्रारम्भिक दरभन्दा कम हो । कर दर अन्ततः २०२५ मा ४ दशमलव ४ प्रतिशत र २०२६ मा ४ प्रतिशतमा झर्नेछ।

मोन्टानाले २०२१ मा यसको सातवटा कर कोष्ठकहरूलाई दुईमा झारेर एक प्रमुख कर सुधारलाई अनुमोदन गरेको थियो । २०२४ देखि मोन्टानाका बासिन्दाहरूको लागि शीर्ष सीमान्त दर ५ दशमलव ९ प्रतिशतमा झर्नेछ, जुन अघिल्लो वर्षको ६ दशमलव ७५ प्रतिशतभन्दा कम हो । यो दर २०२४ फाइलिङ वर्षको लागि ४ दशमलव ७ प्रतिशतमा झर्नेछ । उच्च दर एकल करदाताहरूका लागि २० हजार ५ सय भन्दा माथिको आम्दानीमा र संयुक्त रूपमा फाइल गर्ने विवाहित जोडीहरूको लागि ४१ हजार माथि लागू हुनेछ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

नेब्रास्काले १ लाखभन्दा माथिको सबै आम्दानीको लागि २०२४ मा यसको शीर्ष सीमान्त कर दर ७ दशमलव २५ प्रतिशतबाट घटाएर ५ दशमलव ८४ प्रतिशत बनाएको छ । राज्यले २०२७ सम्ममा शीर्ष दरलाई ३ दशमलव ९९ प्रतिशतसम्म घटाउने काम गरिरहेको छ।

न्यू ह्याम्पशायरले ब्याज र लाभांश आम्दानीमा लाग्ने कर हटाउदैछ । कर दर अघिल्लो बर्षको ४ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारिदैछ भने २०२५ मा हटाउने तय गरिएको छ । नर्थ क्यारोलिनामा फ्ल्याट आयकर दर अघिल्लो वर्षको ४ दशमलव ७५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशतमा झारेको छ ।

गत वर्ष पारित कानून अनुशार ओहायोले व्यक्तिगत आयको लागि शीर्ष दुई सीमान्त कर दरहरूलाई एकमा समाहित गरेको थियो र सन् २०२४ का लागि करको दर ३ दशमलव ५ प्रतिशतमा सेट गरेको थियो ।

साउथ क्यारोलिनाले आफ्नो शीर्ष व्यक्तिगत आयकर दरलाई सन् २०२४ मा ६ दशमलव ५ प्रतिशतबाट घटाएर ६ दशमलव ४ प्रतिशतमा झार्नेछ । यो राज्यले करका दरलाई आगामी बर्षहरुमा ६ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →