न्युयोर्कको क्वीन्स स्थीत अष्टोरिया नजिक भूकम्पको धक्का, रुजभेल्ट आइल्याण्डमा विष्फोट


प्रकाशित मिति : पुस १७, २०८० मंगलबार

buildings near body of water landscape photography

एउटा सानो भूकम्पले मंगलबार विहानै क्वीन्सका केही भागहरू हल्लाएको छ । मङ्गलबार बिहान रुजभेल्ट आइल्याण्डमा सुनिएको विस्फोटको कारण भूकम्प भएको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

अमेरिकी भूगर्भ सेवाका अनुसार बिहान ५ बजेर ४५ मिनेटमा अस्टोरिया नजिकै १ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प सम्भवतः रुजभेल्ट आइल्याण्डमा बिहान सुनिएको विस्फोटसँग जोडिएको सिटी हलका प्रमुख क्यामिल जोसेफ भार्लाकले बताएकी छिन् ।

विष्फोटको विषय धेरै क्वीन्स र म्यानहट्टनका बासिन्दाहरूका लागि रहस्यको विषय बनेको थियो । जो कम्पन र बिष्फोटको चर्को आवाजका कारण ब्युँझिएका थिए। न्युयोर्क सिटीका केही बासिन्दाले विहान पौने ६ बजे हल्लाएको अनुभव गरेको सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

खासगरी अष्टोरिया क्षेत्रका बासिन्दाले आफूलाई हल्लाएको अनुभव गरेको बताए । तर सबै अन्योलका बावजुद भूकम्प धेरै हदसम्म सामान्य भएको देखिन्छ। कसैलाई पनि कुनै चोटपटक नलागेको अधिकारीहरूले बताएका छन् ।

म्यानहट्टन बरोका अध्यक्ष मार्क लेभिनले भूकम्पले रुजवेल्ट टापुमा सानो विस्फोट भएको र विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको सामाजिक सञ्जालमार्फत जानकारी दिए । उनले बासिन्दाहरूलाई भूकम्पको बारेमा डाटा रिपोर्ट गर्न सुझाव समेत दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com