न्युयोर्क सिटीमा गाडी चोरीका घटना बृद्धि, एकबर्षमा १५ हजार ५ सय ३ वटा गाडी चोरी


प्रकाशित मिति : पुस १६, २०८० सोमबार

सन् २०२२ को तुलनामा सन् २०२३ मा न्युयोर्क सिटीमा हत्या र गोलीकाण्डका घटनामा कमी आएको छ । न्युयोर्क प्रहरी विभागको तथ्यांक अनुशार न्युयोर्क सिटीमा सन् २०२२ मा ४२९ हत्याका घटना भएकोमा सन् २०२३ मा यो संख्या ३९० मा झरेको छ । जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले कमी हो ।

त्यस्तै बलात्कारका घटनामा पनि केही कमी आएको छ । न्युयोर्क सिटीमा सन् २०२२ मा १६०२ बलात्कारका घटना भएका थिए । तर सन् २०२३ मा यो संख्यामा केही कमी आएको छ । सन् २०२३ मा न्युयोर्क सिटीमा १४२९ बलात्कारका घटना भएको प्रहरी तथ्यांक रहेको छ । जुन अघिल्लो बर्षको तुलनामा १० प्रतिशतले कमी हो ।

डकैतीका घटनामा पनि सन् २०२३ मा गिरावट आएको छ । सन् २०२२ मा १७ हजार १५२ डकैतीका घटना भएकोमा यो संख्यामा सन् २०२३ मा ३ प्रतिशतले कमी भएको छ । अर्थात् सन् २०२३ मा न्युयोर्क सिटीमा १६ हजार ५२६ डकैतीका घटना भएका छन् ।

NYPD white and blue NYPD SUV

त्यस्तै चोरीका घटनामा पनि कमी आएको छ । सन् २०२२ मा १५ हजार ५ सय ६० चोरीका घटना भएकोमा सन् २०२३ मा १३ हजार ४ सय ८४ चोरीका घटना भए । जुन १३ प्रतिशतले कमी हो । ठूलो चोरीका घटनाहरु सन् २०२२ मा न्युयोर्क सिटीमा ५० हजार ९ सय ३७ वटा भएका थिए भने सन् २०२३ मा ३ प्रतिशत कमी भई ४९ हजार ५ सय ७१ वटा यस्ता घटनाहरु भएका छन् ।

न्युयोर्क सिटीमा सन् २०२२ मा १५४६ जना गोलीकाण्डका शिकार भएका थिए भने सन् २०२३ मा त्यसमा २६ प्रतिशतले कमी आई ११ सय ४१ जना गोलीकाण्डका शिकार भए । गोलिकाण्डका घटना पनि सन् २०२२ मा १२ सय ७७ वटा भएका थिए भने सन् २०२३ मा ९६७ घटना भए । जुन २४ प्रतिशतले कमी हो ।

यद्यपी न्युयोर्क सिटीमा आक्रमणका घटनाहरु भने बढेका छन् । सन् २०२२ मा २५ हजार ७ सय ४५ आक्रमणका घटना भए भने सन् २०२३ मा यस्ता घटनाहरु अझ बढेर २७ हजार २ सय ९९ पुगे । जुन ६ प्रतिशतले बृद्धि हो ।

त्यस्तै न्युयोर्क सिटीमा गाडी चोरीका घटनामा भने सन् २०२३ मा बृद्धि भयो । सन् २०२२ मा १३ हजार ४ सय ३० गाडी चोरीका घटना भएका थिए भने सन् २०२३ मा यसमा अझ बृद्धि भएर १५ हजार ५ सय ३ पुगेको छ । अर्थात् न्युयोर्क सिटीमा गाडी चोरीका घटनामा ५ प्रतिशत बृद्धि भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com