नयाँ बर्षको विहानै न्युयोर्कको क्वीन्समा भएको दुर्घटनामा ४ को मृत्यु, एक घाइते


प्रकाशित मिति : पुस १६, २०८० सोमबार

do not cross police barricade tape close-up photography

नयाँ बर्षको विहानै न्युयोर्कको क्वीन्समा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । क्वीन्सको क्रस आइल्याण्ड पार्कवेमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने पाँचौं व्यक्ति गम्भीर घाइते भएका हुन् ।

सोमबार बिहानै पार्कवेको डेड म्यानको कर्भ भनिने एउटा भागमा दुर्घटना भएको थियो । उत्तरतिर जाने क्रस आइल्याण्ड पार्कवेबाट दक्षिणतिर जाने ह्वाइटस्टोन एक्सप्रेसवेमा बिहान ६ बजे अघि दुईवटा कारहरू कर्भमा ठोक्किएका थिए ।

चार जनालाई घटनास्थलमै मृत घोषणा गरिएको छ । पाँचौं घाइते व्यक्तिलाई गम्भीर अवस्थामा न्यूयोर्क प्रेस्बिटेरियन अस्पताल क्वीन्समा लगिएको छ । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com