न्युयोर्कमा कलशयात्राका झलक (फोटो फिचर/भिडियो)


प्रकाशित मिति : ७ भदौ २०७४, बुधबार

न्युयोर्कको रिजउड र ज्याक्सनहाइटमा रिजउड नेपाली समाजको आयोजनामा कलशयात्रा गरिएको छ । दिउसो १२ बजेर ३० मिनेटमा रिउउडमा रहेको रिजउडको ७८९ वेकफ एभिन्युबाट कलश यात्रा सुरु गरिएको थियो । कलशयात्रा पुट्नाम एभिन्युहुँदै दुर्गा मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माणस्थल हुँदै अगाडि बढेको थियो । त्यसपछि न्युयोर्कको ज्याक्सनहाइटमा पनि कलशयात्रा गरियो । सप्ताहब्यापी महापुराणको उद्घाटन अघि ज्याक्सनहाइटबाट सत्यनारायणमन्दिरसम्म कलशयात्रा गरिएको हो ।

कलशयात्रामा २ सय भन्दा धेरैले भागलिएका छन् । १०८ वटा ठूला कलश र अन्य साना कलश बोकिएको कलश यात्रा उपसंयोजकमा पण्डित उद्धव शास्त्रीले जानकारी दिनुभयो । विशेष पूजापछि बोकिएका कलश ठूलो कलशका लागि १ सय १ डलर र सानो कलशका लागि ५१ डलर तिरेर घरमा लैजान सकिने व्यवस्था गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com