नयाँ बर्षको स्वागतमा न्युयोर्कको टाइम्स स्क्वायरमा १० लाख जम्मा हुने अपेक्षा, के के हुँदैछ?


प्रकाशित मिति : पुस १४, २०८० शनिबार

आइतबार साँझ अर्थात् डिसेम्बर ३१ मा नयाँ बर्षको स्वागतमा न्युयोर्कको टाइम्स स्क्वायरमा १० लाखजना जम्मा हुने अपेक्षा गरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा बल ड्रप हेर्नका लागि टाइम्स स्क्वायरमा लाखौं मानिस जम्मा हुनुका साथै विश्वभरिबाट करोडौंले लाइभ हेर्नेछन् । यो वर्ष कोभिड महामारी सुरु भएपछिको सबैभन्दा ठूलो जमघट हुने अपेक्षा गरिएको छ।

याँ वर्षको पूर्वसन्ध्यामा टाइम्स स्क्वायरको वान टाइम्स स्क्वायरको शीर्षमा फ्ल्यागपोलको रूपमा बल तल झर्नेछ । यसपटक चम्किलो बलमा २६८८ वटा क्रिस्टल त्रिभुजहरू रहेका छन् । वान टाइम्स स्क्वायर २५ तल्लाको भवन हो । बल ड्रप ब्रोडवेमा ४३ औं देखि ५०औं स्ट्रिट सम्म र सेभेन्थ एभिन्यूमा ५९ औं स्ट्रीट सम्म राम्रो देख्न सकिनेछ । यसपटक पल आन्का, फ्लो रिडा, मेगन थी स्टालियन, जेली रोल, सब्रिना कारपेन्टर र टायला लगायतको प्रस्तुति हुनेछ।

वान टाइम्स स्क्वायर नजिकका होटल र रेस्टुरेन्टहरूले ४५० डलरदेखि १२ हजार ५ सय डलर बीचको टिकटहरू सहित विशेष पार्टीहरू गर्दैछन्। टिकटहरूमा सामान्यतया खाना, पेय पदार्थ र प्रत्यक्ष मनोरञ्जनको पहुँच समावेश छ । बब्बा गम्पले १ हजार १५ डलरमा यस्तो टिकट बेचिरहेको छ ।

उत्सव साँझ ६ बजेबाट सुरु हुने आयोजकले बताएका छन् । त्यतीबेला बललाई वान टाइम्स स्क्वायरमा रहेको फ्ल्यागपोलको शीर्षमा उठाइनेछ। त्यसपछि, ठीक ११ बजेर ५९ मिनेटमा नयाँ वर्षको १ मिनेटको काउन्टडाउन सुरु हुनेछ । यदि तपाइँ व्यक्तिगत रूपमा उपस्थीत भएर बल ड्रप हेर्ने हो भने सार्वजनिक यातायात प्रयोग गर्न प्रोत्साहित गरिएको छ । १, २, ३, ७, ए, बी, सी, डी, ई, एफ, एम, एन, क्यु, आर, डब्ल्यु र एस ट्रेनहरू सबै टाइम्स स्क्वायर क्षेत्रमा चल्छन्।

चालकहरूको लागि आइतबार बिहान ४ बजेदेखि नै सडकहरू बन्द हुनेछन्। सेभेन्थ एभिन्यूमा ४२ र ४८ औं स्ट्रीटहरुबीच बन्द हुनेछ । छेउको सडकहरू छैटौंदेखि आठौं एभिन्युसम्म पनि बन्द हुनेछन्। त्यसपछि विहान ११ बजेदेखि सेभेन्थ एभिन्यु र ब्रडवेमा ३८ देखि ५९ औं स्ट्रीटसम्म बन्द हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com