२०२३ को ट्याक्स बिल कम गर्न अन्तिम समयमा चाल्न सकिने यी तीन कदम
यो वर्षको अन्त्य चाँडै आउँदैछ । तर अझै पनि तपाइँको २०२३ को ट्याक्स बिल घटाउन तपाईले कदमहरु चाल्न सक्नुहुनेछ । जसले तपाईको ट्याक्स रिटर्नको डलरलाई बढाउनसक्ने विज्ञहरुको भनाई छ । धेरै कर बचत अवसरहरूको लागि डिसेम्बर ३१ अन्तिम मिति हो । सीमित समय भएतापनि केही कदमहरु भने चाल्न सकिनेछ ।
अझै पनि बन्ड घाटा मार्फत लाभ कम गर्न सकिन्छ । एस एण्ड पी ५०० डिसेम्बर २८ मा उच्च रेकर्डमा पुग्दा लगानीकर्ताहरूले अझै पनि कर नोक्सानको लागि अवसरहरू पाउन सक्छन् । जसले नाफा रकम कम देखाउन लगानी घाटा प्रयोग गर्दछ।
आफूहरुले घाटामा केही बन्ड कोषहरू बेच्दै आएको र उच्च उपजको साथ व्यक्तिगत बन्डहरू खरीद गर्ने वा तिनीहरूको ठाउँमा अन्य कोषहरू खरीद गर्ने सर्टिफाइड वित्तीय योजनाकार मोनिका ड्वायरले बताइन् । उनका अनुशार यसले समग्र सम्पत्ति विनियोजनलाई परिवर्तन गर्दैन तर कर कार्यसम्पादनमा सुधार गर्छ । यद्यपि तपाईंले बिक्री अघि वा पछि ३० दिनभित्र पर्याप्त रूपमा समान सम्पत्ति पुन खरिद गरेमा ट्याक्स राइट अफ रोक्ने नियमबारे भने विचार गर्नुपर्छ ।

अर्को चाल भनेको दीर्घकालीन पूंजी शुन्य प्रतिशतको लाभ ब्राकेटमा लाभदायक ब्रोकरेज खाता सम्पत्तिहरू बेच्नु हो । आईआरएसले मुद्रास्फीतिको आधारमा २०२३ को लागि शुन्य प्रतिशत, १५ प्रतिशत र २० प्रतिशत दीर्घकालीन पूंजीगत लाभ कर कोष्ठकहरू बढाएको थियो ।
कर योग्य आम्दानीको आधारमा दम्पत्तिको संयुक्त आम्दानी राम्रो भए पनि तपाईं ० प्रतिशत कोष्ठकमा हुन सक्नुहुन्छ। शुन्य प्रतिशत पूंजी लाभ ब्राकेट राम्रो कर योजनाको अवसर हुन सक्छ। एकलले ४४ हजार ६२५ डलर र दम्पत्तिले ८९ हजार २ सय ५० डलर पुँजीगत लाभ गर्दा पनि शुन्य प्रतिशत दीर्घकालीन पूंजी लाभ ब्राकेट रहेको छ ।
वर्षको अन्त्य नजिकिँदै गर्दा परोपकारी दान गर्न र कटौती दाबी गर्न सीमित समय छ। तर पनि तपाईले रकम डोनेशन गर्न सक्नुहुनेछ । तपाईले बैंक खाता वा ब्रोकरेज खाताबाट सीधै परोपकारी संस्थामा सम्पत्ति स्थानान्तरण गर्न सक्नुहुन्छ, तपाईको संस्थाले स्थानान्तरण सुरु गर्न सक्छ । परोपकारी संस्थाले डिसेम्बर ३१ सम्ममा रकम स्वीकार र प्राप्त गरेमा तपाईले ट्याक्स बिल कम गर्न सक्नुहुनेछ ।
तपाईंले आफ्नो २०२३ को ट्याक्स फाइलमा आइटमाइज डिडक्सन गर्नुभयो भनेमात्र डोनेशनको कर ब्रेक दावी गर्न सक्नुहुन्छ। बहुसंख्यक अमेरिकीहरूले स्टाण्डर्ड डिडक्सन दाबी गर्छन्, जुन २०२३ मा संयुक्त रूपमा फाइल गर्ने विवाहित जोडीहरूको लागि २७ हजार ७ सय र एकल फाइलरहरूको लागि १३ हजार ८ सय ५० हो।





