न्यूयोर्क सिटीमा दम्पती र ५ वर्षीय छोरा अपार्टमेन्टमा छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा फेला


प्रकाशित मिति : मंसिर १०, २०८० आईतबार

न्यूयोर्क सिटीको ब्रोन्क्स बस्दै आएका एक दम्पती र तिनीहरूको पाँच वर्षीय छोरा आइतबार बिहान आफ्नै अपार्टमेन्ट भित्र छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन्।

बिहान साढे ६ बजे पछि प्रहरीले ९११ मा यसबारे सुचना प्राप्त गरेपछि ब्रोन्क्सको १३६ स्ट्रीट मोट हेभन खण्डमा रहेको अपार्टमेन्ट भवनमा पुगेको थियो ।

त्यहाँ पुग्दा प्रहरीले अपार्टमेन्ट भवनको पहिलो तल्लाको हलवेमा लडिरहेको ३८ वर्षीय व्यक्तिलाई भेट्टाएका थिए । ती व्यक्ति छातीमा चक्कुको घाउ लागेर लडिरहेका थिए । प्रहरीले एक बच्चालाई भुइँमा लडिरहेको देखेपछि नजिकैको अपार्टमेन्ट एकाइ ताडेका थिए ।

त्यसपछि एक ३३ वर्षीया महिलालाई पनि चक्कुको घाउ लागेर लडेको अवस्थामा फेला पारेका थिए ।

महिला र बालक दुवैको घटनास्थलमै मृत्यु भएको घोषणा गरिएको थियो । मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम भइरहेको र अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्। छिमेकीहरूका अनुशार तीनै जना भर्खरै त्यहाँ सरेका थिए ।

प्रहरीले कुनै आफन्तको पहिचान र सूचना दिने काम गरिरहेको कारण पीडितको नाम तत्काल सार्वजनिक गरिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com