न्युयोर्कका मेयर एरिक आडम्सले दिए आफूमाथि लागेको यौन दुर्व्यवहार आरोपको जवाफ


प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार

न्युयोर्कका मेयर एरिक आडम्सले आफूमाथि लागेको यौन दुर्व्यवहार आरोपको जवाफ दिएका छन् । मेयर एरिक आडम्सले त्यस्तो यौन दुर्व्यवहार कहिल्यै पनि नभएको दाबी गरेका छन् । एरिक आडम्समाथि सन् १९९३ मा यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । अदालतमा दायर गरिएको विवरण अनुसार एक महिलाले आडम्समाथि सन् १९९३ मा आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन् ।

शुक्रबार आडम्सले महिलाको आरोपमा कुनै सत्यता नभएको बताएका छन् । कसरी आफ्नो जीवन बतिाउने भन्ने बारे आफू एकदमै स्पष्ट भएको र कुनै पनि समयमा त्यस्तो केही नभएको उनले बताएका छन् । यो बिल्कुल कहिल्यै पनि नभएको आडम्सले एक अन्तर्वार्तामा बताएका छन् । आफूले कहिल्यै कसैलाई हानि नगर्ने तथा आफ्नो जीवन न्युयोर्क सिटीका मानिसहरूको रक्षा गर्न बिताएको र आगामी दिनमा पनि त्यसो गरिरहने उनले बताएका छन् ।

आडम्सले आफूविरुद्ध मुद्दा दायर गर्ने व्यक्तिलाई नचिन्ने समेत बताएका छन् । उक्त व्यक्ति को हो वा भेटेकोबारे आफूलाई याद नभएको उनले बताए । ती महिलाले न्यूयोर्कको एडल्ट सर्वाइभर्स एक्ट अन्तर्गत आडम्स, न्युयोर्क प्रहरी र दुई अज्ञात संस्थाहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकी छिन् । उक्त समयमा आडम्स एक प्रहरी क्याप्टेन थिए भने अरु दुई जना सिटीका लागि काम गरिरहेकाहरु थिए।

वादीलाई सन् १९९३ मा न्यूयोर्कमा प्रतिवादी एरिक आडम्सले यौन दुर्व्यवहार गरेको र त्यतीबेला उनीहरू दुबैले न्यूयोर्क सिटी सरकारी कार्यालयमा काम गरेको अदालतको कागजातमा आरोप लगाइएको छ ।

दावीहरूमा जानाजानी र लापरवाही रुपमा शारीरिक, मनोवैज्ञानिक र अन्य चोटहरू। दिएको आरोप लगाइएको छ । जुन आचरणको परिणाम यौन अपराध हुनेछ। अदालती कागाजतमा कथित आक्रमणको विवरण प्रस्तुत गरिएको छ ।

एडल्ट सर्वाइभर्स ऐन २०२२ मा लागू भएको थियो भने बिहिबार मध्यरातमा म्याद सकिएको छ । यसले यौन दुर्व्यवहारको आरोप लगाउनेहरूलाई मुद्दा दायर गर्नको लागि सीमितताको कानून हटाएको थियो । यो ऐनको म्याद सकिनुभन्दा ठीक अगाडि आडम्सविरुद्ध अभियोग लागेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com