न्युयोर्कको क्वीन्समा भाडामा बस्ने ३ जनालाई चक्कु हानेर मारेपछि घरमालिकबाट आत्मसमर्पण


प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार

न्युयोर्कको क्वीन्समा भाडामा बस्ने ३ जनालाई चक्कु हानेपछि घरमालिकले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । क्वीन्सका ती घरमालिक प्रहरी चौकीमा गएर आफूले नराम्रो काम गरेको प्रहरी समक्ष बताएको जनाइएको छ । ती ५४ वर्षीय डेभिड डेनियलले भाडामा बस्ने तीनजनासँग विवाद गरेपछि उनीहरूलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

घरमालिकलाई तीनजनाको हत्याको आरोपको लागि हिरासतमा लिइएको छ । उक्त व्यक्ति बिहान ७ बजेतिर प्रहरीको ११३ औं प्रिसिनक्टमा पुगेर भाडामा बस्नेहरुसँग विवाद गरेको बताएको प्रहरीको भनाई छ ।

५४ वर्षीय डेभिड डेनियल

त्यसपछि प्रहरी तत्कालै विहान सबा ७ बजे सेन्ट अल्बान्सको न्यासभिल बुलेभार्ड नजिकैको १२२ ३९ मिलबर्न स्ट्रीटमा उक्त मानिसको घरमा पुगेका थिए । जहाँ उनीहरूले एउटा भयानक दृश्य देखे । घरमा तीनजना व्यक्ति चक्कुका कैयन चोटहरूले बेहोस भएका थिए ।

प्रहरीले एक पुरुष र महिलालाई बेसमेन्टको शयनकक्षमा र एक महिलालाई माथिल्लो तलाको शयनकक्षमा भेट्टाएका थिए । सबैलाई चिकित्सकहरूले घटनास्थलमै मृत घोषणा गरेका थिए । भाडाबारे विवाद भएपछि उक्त घटना भएको थियो ।

मृतक मध्ये दुई जना घरमा भाडामा बस्नेहरु थिए भने तेस्रो व्यक्ति घरमालिकको प्रेमिका भएको जनाइएको छ । प्रहरीले घरमा कुनै बालबालिका नरहेको र मृतक सबै वयस्क रहेको बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com